भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली युवा विनय तिमन्सिनाको खुला पत्र

  • जेठ १३, २०७७
  • कालापानी मिडिया
alt

                                                                                                                                                                                                                        मिति : २०२० – ०५ – २५
सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू,
भारत सरकार,
नयाँ दिल्ली, भारत,
नमस्कार !
मलाई आशा छ कि प्रधानमन्त्रीज्यू, आपनो अति नै व्यस्त कार्यतालिकाको बावजुत पनि मेरो योपत्र पढ्नको लागी समय निकाल्नु हुनेछ । नेपाल र भारत सरकार शताब्दियौं देखि दुई मुलुकका बीच रहिआएको मित्रतापूर्ण सम्बन्ध रहँदैउक्त समय देखि नै दुवै मुलुकका जनस्तरमा पनि आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध रहिआएको कुरा सर्बबितित नै छ।
 
प्रधानमन्त्रीज्यू, म यहाँलाई स्मरण गराउन चाहन्छु कि, नेपाल भ्रमणको बेला संसदमा सम्बोंधनगर्दा नेपाली भाषाको प्रयोग गर्दै बोल्नु भएको थियो। उक्त समयमा नेपाल र भारत पहिले देखि कै भाई-भाई को सम्बन्ध रहिआएको तथा दुवै देशको जनस्तरमा पनि रोजगार र विहावारी का सम्बन्धहरु चलिआएको कुरा बताउनु भएको थियो। साथै उक्त भ्रमणको समय यहाँको बौधिकताको बयान गर्दै आम नेपाली जनता खुसि भइ यहाँ को स्वागत र बिदाई मा कुनै कमि नगरेको कुरा आजको दिनमा पनि कोही नेपालीले विर्सेका छैनन्।
 
प्रधानमन्त्रीज्यू, नेपालले नै आफ्ना हजारौ बहादुर जनता लाई भारत मा संकट नहोस भनि भारतीय सेना मा भर्ति गर्न पठाई रहदा को अवस्थामा भारत द्वारा नै आफ्नो भुमि अतिक्रमण भएको सुन्दा कस्तो हुन्छौ होला रु अझ, हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण विश्वनै भयावित भइरहेको समयमा अचानक भारतीय रक्षामन्त्री श्री राजनाथ सिंहज्यू ले मे ८ का दिन भिडियो कन्फ्रेन्स मार्फत नेपाली भूमिको लिपुलेकबाट मानसरोवर जाने सडक उद्घाटन गर्नु भएको समाचार सुन्न साथ म लगायत सम्पूर्ण नेपाली जनता अचम्मित भएका छौ ।
 
साथै हिजोको दिनमा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू को नेपाली जनतामाझ रहिआएको लोकप्रियतामा कमि हुदै भारत प्रति हेर्ने सकरात्मक दृष्टीकोर्ण आम नेपाली जनमानस मा परिवर्तन हुदै गइरहेको कुरा प्रधानमन्त्रीज्यू लाई जानकारी गराउन चाहन्छु।
 
म एक सामान्य नेपाली नागरिकको हैसियतले उक्त नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले कब्जा जमाइरहेको साथै गुन्जी, नाविढांङ्ग र कालापानीमा स्थायी क्याम्प राखेर भारतीय सेना पनि बसिरहेको छ भन्ने कुरा बिभिन्न पत्र प्रत्रिका तथा टेलिभिजनहरुले समाचार प्रशारण गरिरहेको सुनी रहदा आम नेपाली जनता यस्तो महामारी को बेलामा पनि सडकमा ओर्लेर देशको सार्वभौमसत्ता, स्वाभिमान र अस्मिताको रक्षा गर्नका निम्ति सम्पूर्ण नेपाली एक भै भारत को बिरोध गरिरहेको देख्दा भावुक भई प्रधानमन्त्रीज्यू लाई यस पत्र लेखिरहेको छु।
 
त्यसैले अन्तमा म प्रधानमन्त्रीज्यू लाई हाम्रो नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित समेटी भारत ले त्रुटिपूर्ण छापेको राजनीतिक नक्सा सच्याउनु हुन। हाम्रो नेपाली भुमि गुन्जी, नाविढांङ्ग र कालापानीबाट भारतीय सैनिक बल फिर्ता लैजानु हुन र भारत द्वारा नेपाली भूमिको अतिक्रमण गर्ने कार्य बन्द गराउनु हुन हार्दिक अनुरोध गर्दछु। साथै नेपाल र भारतको सम्बन्धलाई पुनस् सुदृढ गर्दै दुई देश बीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, आर्थिक र विकासका कार्यमा जोडदिदै विश्वकै समृद्ध देश बन्न उल्लेखनिय भूमिका निर्भाह गर्दिनुहुन भनि प्रधानमन्त्रीज्यू सामु विशेष आग्रह गर्दछु।
तपाईंको शुभेच्छुक
विनय तिमल्सिना
ठेगाना : काठमाडौँ, नेपाल
मोवाइल: ९७७-९८५११७१०८६

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved