नेपाल भारत सीमा विवादः पाकिस्तानी प्रधानमन्त्री भन्छन्-भारत छिमेकीका लागि खतरा

  • जेठ १४, २०७७
  • कालापानी मिडिया
alt

एजेन्सी : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको नेपाल र चीनसँग भइरहेको सीमा विवादमा प्रतिक्रिया जनाएका छन् । ट्वीटरमार्फत उनले विस्तारवादी भारत छिमेकीका लागि खतरा भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री खान लेख्छन्, मोदी सरकारको अहंकारले पूर्ण विस्तारवादी नीतिका साथ भारत छिमेकी देशका लागि खतरा बनेको छ ।

बंगलादेशको नागरिकता संशोधन कानुनसँगै नेपाल र चीनको सीमा क्षेत्रमा पनि भारतले विवादमार्फत खतरा पेश गरिरहेको छ । त्यस्तै पाकिस्तानविरुद्ध भारतले झुठो अपरेशन चलाएर समस्या निम्ताइरहेको छ । कास्मिरमा अवैध कब्जा, युद्ध अपराध गर्दै भारतले पाकिस्तान प्रशासित कास्मिरमा शासन चलाइरहेको उनले बताएका छन् । उनी भन्छन, मैले सधै भन्ने गरेको छु, मुसलमानलाई दोस्रो दर्जाको नागरिक बनाउने फाँसिवादी मोदी सरकार केवल भारतीय अल्पसंख्यकका लागि मात्र होइन्, क्षेत्रीय शान्तिका लागि पनि खतरा छ । नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक बनाएपछि नेपालले नयाँ नक्सा जारी गरेको छ । नेपालले विवादीत क्षेत्रको टुंगो वार्तामार्फत लगाउने प्रस्ताव गरे पनि भारतले त्यसलाई अस्वीकार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved