कालापानीबाट भारतले तत्काल आफ्ना सेना हटाओस् -परराष्ट्रमन्त्री ज्ञवाली

  • जेठ १५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई कालापानी क्षेत्रबाट सेना हटाएर दुई देश बीचको विवादलाई यथास्थितिमा राख्न आग्रह गरेका छन् । मन्त्री ज्ञवालीले सुगौली सन्धिका अक्षर र भावना दुवैलाई सम्मान गर्न पनि भारतलाई भनेका छन् ।

भारतीय पत्रिका द हिन्दुसँगको अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘कालापानीबाट सेना फिर्ता गरी सो भूभाग नेपाललाई फिर्ता गरेको अवस्थामा मात्र सुगौली सन्धिलाई सम्मान गरेको ठहर्छ ।’
भारतसँगको हार्दिकतापूर्ण सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको भन्दै उनले वार्ताबाटै समस्या समाधानमा जोड दिएका छन् । मन्त्री ज्ञवालीले भनेका छन्, ‘भारतले नेपाली भूभागमा एकतर्फी रुपमा सडक बनाउनु हुँदैनथ्यो र वार्ताबाटै समस्या समाधान गर्नुपर्ने थियो भन्ने कुरामा पुनः जोड दिन चाहान्छौं ।’

भारतले एकतर्फीरुपमा नेपालको कालापानीलगायतका क्षेत्र समेट्दै नक्सा सार्वजनिक गरेर नेपाललाई दुःखी बनाएको उनले बताएका छन् । उनले भारतले बिगतका सहमतिको ठाडो उल्लंघन गरेको पनि बताएका छन् । ‘भारतले एकतर्फी नक्सा सार्वजनिक गर्नु सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालको काठमाडौं भ्रमणका बेला भएको सहमतिको ठाडो उल्लंघन हो,’ मन्त्री ज्ञवालीले भनेका छन् ।

सो भ्रमणमा कालापानी र सुस्ता लगायतका क्षेत्रलाई ‘विवादित भूमि’ मान्दै दुवै देशको संयुक्त वार्ता टोलीमार्फत् समस्या समाधान गर्ने सहमति भएको थियो ।

संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव छिटो पारित हुन नसक्नुलाई पछाडि हट्ने संकेतका रुपमा भारतमा ब्याख्या भइरहेका बेला मन्त्री ज्ञवालीले यो प्रस्ताव चाँडै पारित हुने र त्यसका लागि फास्ट ट्रयाक विधि अपनाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved