भारतले महाकाली पारी बनाएको छ अर्को कालापानी !

  • जेठ १८, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालले आफ्नो अतिक्रमित भूभाग लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि भारतले त्यसको विरोध गर्दै आएको छ ।

भारतले नेपालको दार्चुला जिल्लाको कालापानी, लिपुलेकलाई समेत आफ्नो भूमि भनेर गलत प्रचार गरिरहेको छ । ब्रिटिश सर्भे अफ इन्डियाले निकालेको एक सय ६४ वर्ष पुरानो नक्सामा भने महाकाली नदीको पश्चिममा पनि एउटा कालापानी देखाइएको छ ।

२४ अप्रिल १८५६ को यो नक्सामा लिम्पियाधुरा मुहान भएकै महाकाली नदी अन्तर्राष्ट्रिय सिमाना भएको देख्न सकिन्छ । नेपालले त्यही सन्धिको आधारमा जेठ पहिलो साता नक्सा सार्वजनिक गरिसकेको छ ।

१८१६ को सुगौली सन्धिमा नेपालका राजाले काली ९महाकाली० पश्चिमको भूभाग दाबी गर्ने छैन भनिएको छ । यो नक्सा प्रकाशित हुने ताकासम्म भारतले सुगौली सन्धि अनुसार नै नक्सा प्रकाशित गरेको देखिन्छ ।

के महाकाली पारी बस्न आएका भारतीय सेना नेपालमा बसेका हुन् ?

भारतले लिपु खोलालाई काला नदी दाबी गरेर लिपुलेकलाई त्रिदेशीय विन्दु भएको दाबी गर्न छाडेको छैन ।

त्यो दाबीअनुसार नै उसले नाबी, गुञ्जी, कुटीलगायतका नेपाली भूभागमाथि कब्जा जमाउँदै आएको छ । त्यहाँका जनताले वि।स। २०१५ सालको चुनावमा नेपालमै मतदान गरेका थिए भने २०१८ सालमा तथ्यांक विभागले जनगणना गराएको थियो ।

लिपु खोलालाई काली नदी दाबी गरेको भारतले कालापानी क्षेत्रमा सुरक्षाकर्मी राखेपछि फेरि अर्को कुतर्कअघि सारेको देखिन्छ । त्यसका लागि उसले लिपु खोला भन्दा पूर्वमा कृत्रिम पोखरी बनाएर त्यही पोखरीबाट बगेको तुरतुरे धारालाई महाकाली भन्ने गरेको छ ।

एक इतिहासकार महाकाली पारी बस्न आएका भारतीय सुरक्षाकर्मी तुल्सी न्युराङ ९कालापानी० क्षेत्रमा आएर बसेको आशंका गर्छन् ।

उनी भन्छन्, ‘महाकाली पारी बस्न आएका भारतीय सुरक्षाकर्मी नेपालतर्फ आएर क्याम्प बनाएको हुनसक्छ, तर बसिसकेपछि भने त्यसलाई संधैका लागि कब्जामा लिन विभिन्न जालसाजी गरेको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved