कोराना संक्रमितको संख्या एक हजार पाँच सय ६७ पुग्यो

  • जेठ १८, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप एक सय ६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये १६२ जना पुरुष छन् भने ४ महिला छन् ।
यससँगै कुल संक्रमितको संख्या एक हजार पाँच सय ६७ पुगेको उनले बताए । जसमध्ये १४५० जना पुरुष र ११७ जना महिला छन् ।

पोखरा प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँ रिसिङका २१, स्याङ्जा गल्याङका २७ र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साको पटेर्वा सुगौली गाउँपालिकाका क्वारेन्टिनमा बसेका २२ देखि ३६ वर्षका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये कालीकोट शुभकालिकाका १९ वर्षदेखि ५२ वर्षका १३ जना र कालीकोटकै महावै गाउँपालिकाका २० देखि ४२ वर्षका ५ जना पुरुष संक्रमित छन् ।

यस्तै, दैलेख देवलकाँडाका १८ देखि २२ वर्षसम्मका ५ जना, नारायण नगरपालिकाका १६ देखि ४८ वर्षका ९ जना, दुल्लुका ३५ वर्षीय एक जना पुरुष, सिमडाका २६ वर्षीय एक जना पुरुष, रातापानीका ३८ वर्षीय पुरुष र साडुका २२ वर्षीय पुरुष छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा बाजुरा जुजुनाथका ४० वर्षीय पुरुषको पनि रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा सल्यान कुपिन्डेका ११ देखि ६० वर्षका २५ जना पुरुष छन् भने सुर्खेत बराहाताल–१ का ४ महिने शिशुको रिपोर्ट पोजेटिभ आएको हो ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तु शिवराजका ३२ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

यस्तै, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ। उनीहरू सबै बाँकेका हुन्। जसमध्ये नेपालगञ्जका १६ देखि ४२ वर्षका चार जना पुरुष, नरैनापुरका २१ र २२ वर्षीय दुई पुरुष, वैजनाथका ३५ वर्षीय र खजुराका ३० वर्षीय पुरुष छन्।

यस्तै, धरान वीपी स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा १२ जनाको पोजेटिभ आएको छ। उनीहरू सबै सप्तरीको राजगढका १७ देखि ४५ वर्षका पुरुष छन्।

यस्तै, सेती अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ। जसमध्ये कैलालीको भजनीका २३ वर्षीया, जानकी गाउँपालिकाका ३४ वर्षीया, त्रिनगर क्वारेन्टिनमा बसेका ४७ वर्षीय पुरुष रहेका छन्। कोशीमै गरिएको परीक्षणमा बाजुरा अस्पतालमा उपचाररत २ वर्षीया बालिका र २३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै, कोसी अस्पतालमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको छ । जसमा झापा गौरीगञ्जका २३ देखि ३९ वर्षका चार जना पुरुष छन् भने मोरङ विराटनगरकी ४५ वर्षीया एक महिला छन्।

यसैगरी, राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये धनुषाका १९ देखि ४६ वर्षका २१ जना पुरुष, कपिलवस्तुका २५ देखि ४१ वर्षका चार जना पुरुष, रौतहटका ४, ९, १२ वर्षीय बालकदेखि लिएर ५२ वर्षका पुरुष सहित २९ जना र सर्लाहीका एक वर्षीय बालकदेखि ५० वर्षका पुरुष समेत गरी १० जना छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved