डा .बाबुराम भट्टराइको मगजले काम गर्न छाडेकै होत ?

  • जेठ १९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा रहेको कथित जातीय छुवाछुतको अन्त्य गर्न सबैजनाले एकै थर लेख्‍नुपर्ने प्रस्ताव गरेका छन्। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

श्रमिक र सिल्पी दलित समुदायलाई हेपेर, अपमानित गरेर देश अघि नबढ्ने उनले बताए। श्रम गर्नेलाई हेपेर दलित भनेर हुन्छ। अहिले पनि जातीय छुवाछुतका आधारमा यसरी प्रताडित गर्न पाइन्छ, उनले सोधे, बरु यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं, म पनि बरु बाबुराम भट्टराई कामी भनेर लेख्‍न तयार छ, सबैले थर एकै लेखौं।

उनले रुकुममा जातीय विभेदका नाममा गरिएको पाँच युवकको हत्यालाई प्रतिक्रान्तिको संज्ञा दिए। क्रान्तिको आधार इलाका रुकुममा त्यत्रो प्रतिक्रान्ति हुन्छ भने देश कहाँ जाँदैछ,उनले सोधे, हामीले यी बेथितिलाई हटाउनैपर्छ। एउटै झट्कामा किन भत्काउन सक्दैनौं तर सबैले साझा प्रयास गरौं।

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको यो भनाइ आइसकेपछि कतिपयले उनको मगजले काम गर्न छाडेको भन्न थालेका छन् भने कतिपयले दलितको भोट तान्नकालागि राजनीति गर्न थालेको भन्न थालेका छन् । सामाजीक संजालभरी यतिबेला उनको गुनगान गाउने भन्दापनि बिरोधमा बोल्ने र बिभिन्न ट्रोल बनाएर राख्नेहरुको कमी छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved