संविधान संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छु - राजेन्द्र लिङ्देन

  • जेठ २२, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौ : राप्रपाका सांसद राजेन्द्र लिङ्देनले गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता जस्ता यो संविधानका व्यवस्थाहरूमा आधारभूतरूपमै राप्रपाको फरकमत भएपनि छुटेको भूगोल समाविष्ट नयाँ नक्सा निशाना छापमा सामेल गरि संविधानको अनुसूचीमा राख्न पेश गरिएको संविधान संशोधन प्रस्तावमा राप्रपाको निशर्त समर्थन रहेको बताएका छन ।

सामाजिक संजाल मार्फत सासद लिङ्देनले यो कुनै एक दल विशेषको प्रस्ताव नभई मुलुकको सार्वभौमिकता र अखण्डतासंग सम्बन्धित विषय भएकाले यसमा राप्रपाको समर्थन रहने बताएका हुन । उनले राजासहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्रका पक्षमा र तीन तहको संघीयताका विपक्षमा अभेद्ध चट्टान भएर उभिने प्रतिबद्धता समेत गरेका छन । यस्तै लिङ्देनले भनेका छन, नेपालको नक्सा सहितको निशाना छाप संविधानको अनुसूचीमा समावेश गर्न पेश गरिएको संसोधन प्रस्तावलाई विषयान्तर गर्ने गरि कुनै संसोधन प्रस्ताव बोकेर नजाने तर संशोधनको पक्षमा मतदान गर्न आफू आतुर छु ।

अविलम्ब संसोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत होस्। आफू प्रतिनिधिसभाको सदस्य भएपछिको हालसम्मको सबैभन्दा गौरवपूर्ण क्षणका रूपमा ग्रहण गर्नेछु ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved