भारतमा एकैदिन थपिए १० हजार बढि संक्रमित,२४ घण्टामा २४७ को मृत्यु

कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च

  • जेठ २३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च गतिमा पुगेको छ । शुक्रबार बिहान २४ घण्टाको अवधिमा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित र मृतक थपिएका छन् । संक्रममितको संख्यामा भारत तेस्रो स्थानमा समेत पुगेको छ ।

भारतमा एकैदिन ९ हजार ८३८ जना संक्रमित थपिएका छन् । जुन अहिलेसम्मकै बढी हो । यसअघि बिहीबार बिहानसम्म ९ हजार ६३८ जना संक्रमित थपिएका थिए । बुधबार बिहानसम्म त्यतिन्जेलको सबैभन्दा बढी संक्रमण भएको थियो । यसअघि सोमबार बिहानसम्म गएको २४ घण्टामा ८ हजार ७५० जना नयाँ संक्रमित फेला परेका थिए । त्यो संख्या सबैभन्दा बढी रहेको थियो । त्यो रेकर्ड फेरि तोडिएको छ ।

त्यस्तै मृतक २४ घण्टामा २७४ थपिएका छन् । यो सबैभन्दा बढी हो । त्यसअघि गएको शनिबार सर्वाधिक २६९ को ज्यान गएको थियो । बिहीबार बिहानसम्म २५९ जना थपिएका थिए । बुधबार २२१ जना र मंगलबार २०१ जना थपिएका थिए ।

अहिलेसम्म भारतमा कोरोनाबाट २ लाख २६ हजार ७१३ जना संक्रमित भएका छन् । १ लाख ८ हजार ४५० जनालाई निको भएको छ । २४ घण्टामा ४ हजार ३८६ जनालाई निको भएको छ ।

मृतकको संख्या ६ हजार ३६३ पुगिसकेको छ । संक्रमितको संख्या २४ घण्टामा बढ्दा भने विश्वमै भारत तेस्रो स्थानमा पुगेको छ ।

सबैभन्दा बढी ब्रजिलमा २८ हजार ८८२, दोस्रो स्थानको अमेरिकामा २२ हजार ८९ जना संक्रमित हुँदा भारत तेस्रोमा रहेको हो । चौथो रुसमा ८ हजार ८३१ जना संक्रमित भएका छन् ।

कुन ठाउँमा सबैभन्दा बढी प्रभावित
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २४ घण्टामा २ हजार ९३३ जना संक्रमित बढ्दा ७७ हजार ७९३ पुगेका छन् । त्यस्तै मृतक १२३ बढेर २ हजार ७१० पुगेका छन् ।

तमिलनाडुमा १ हजार ३८४ जना बढेर २७ हजार २५६ जना संक्रमित हुँदा मृतक २२३, दिल्लीमा १ हजार ३५९ जना बढेर २५ हजार ४ जना संक्रमित हुँदा मृतक ६५९, गुजरातमा ४९२ बढेर १८ हजार ६०९ जना संक्रमित हुँदा १ हजार १५५ को ज्यान गएको छ ।

संक्रमित बढ्दा लकडाउन खुकुलो
यसैबीच भारतमा लकडाउनमा परिवर्तन गरि अनलक शुरु गरिएको छ । भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुल्ने निर्णय गरेको हो ।

अनलक १ जुनदेखि ३० जुनसम्म हुनेछ । जसमा रातको कर्फ्यु कायमै रहनेछ । कर्फ्यु समय साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब साँझ ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् । होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मलहरु पनि खोल्ने अनुमति दिइने भएको छ ।

दोस्रो चरणमा स्कुल, कलेज, शैक्षिक संस्थाहरु खुल्नेछन् । यसमा राज्य सरकारहरुसँग परामर्श गरी गरिने जनाइएको छ ।

कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खुल्ने निर्णय लिइने भएको छ ।

तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ ।

भारतमा लकडाउन खुलेपनि नेपालमा जेठभर लकडाउन कायमै राखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved