केही समयलाई हट्यो सलहको संकट

  • जेठ २५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको हो।

मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह किराका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल यसको प्रवेश हुने छैन। सलह फट्यांग्राको प्रवेश रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार नेपालमा यसको प्रवेश तत्कालका लागि टरेको हो।

हुमागाईंका अनुसार मनसुनी वर्षा सुरु भएसँगै नेपालमा यो फट्यांग्राको प्रवेश रोकियो। उक्त फट्यांग्राको एक बथान (झुण्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको थियो। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो। भारतको दिल्ली, उत्तर प्रदेश, मध्यप्रदेश, महाराष्ट्र, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको अवस्थामा नेपालमा पनि पश्चिमी सीमाबाट छिर्ने सरकारले पूर्वअनुमान गरेको थियो।

‘तर पछिल्लो समय सुरु भएको मनसुनी वर्षा र सलहको बथान उत्तरबाट दक्षिणतर्फ आउने क्रममा स–साना टुक्रामा विभाजित भएर भारततर्फ मोडिएकाले नेपालमा तत्काल आउने सम्भावना टरेको हो,’ संयोजक हुमागाईंले भने। उनका अनुसार मन्त्रालयलाई यो फट्यांग्राले तत्काल प्रवेश गर्न नसक्ने भन्दै कार्यदलले प्रतिवेदन बुझाएको छ।

‘सुख्खा खडेरी मौसम, पानी नपरेको र हावाको बेगले साथ दिएको अवस्थामा मात्रै यो फट्यांग्रा सर्न सक्छ,’ हुमागाईंले भने। हावा पनि पूर्वबाट पश्चिमतर्फ बग्न थालेकाले नेपालको प्रवेशमा यसको रोक लागेको हो। हावा जता बग्छ, त्यतैतर्फ यसको बथान उड्ने उनको भनाइ छ।

कार्यदलले यसको विषयमा थप पुष्टिका लागि संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) सँग पनि सहकार्य गरेको थियो। कार्यदलले एफएओलाई पत्राचार गरी यो फट्यांग्रा नेपालमा सर्न सक्ने विषयमा आवश्यक जानकारी माग गरेको थियो। जसअनुसार एफएओले मनिटरिङ सिस्टमबाट यो विषयमा अध्ययन गरेको थियो।

एफएओका सलह विज्ञ किथ किस्म्यानले फट्यांग्राको बथान भारतकै विभिन्न सहर हुँदै राजस्थानतर्फ मोडिएको र नेपाल र बंगलादेशमा हाल यो फट्यांग्रालाई आवश्यक पर्ने हावा तथा मनसुनी वर्षा प्रतिकूल बनेको प्रतिवेदन कार्यदललाई उपलब्ध गराएको छ। हुमागार्इंले भने, ‘एफएओले पनि मनिटरिङ सिस्टममार्फत अध्ययन गरी नेपालमा तत्काल नआउने प्रतिवेदन दिएको छ। तत्कालै नआए पनि यो किरालाई रोकथामका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेका छौं।’

एफएओका अनुसार एक वर्ग किमि क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झन्डै चारदेखि आठ करोड फट्यांग्रा हुन्छन्। एक दिनमा फट्यांग्रा करिब एक सय ३० किमिसम्म बथान बनाएर हिँड्न सक्छन्। फट्यांग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरूले बताएका छन्। यो एक दिनमा ५ सय किमिसम्म बथानमै उठान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा ओर्लन्छ।

यो फट्यांग्राले सम्पूर्ण कृषि बालीको बोटबिरुवा, फूल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको कार्यदलका संयोजक हुमागाईंले जानकारी दिए।

हुमागाईले तत्कालै यो किरा नेपालमा नसरे पनि मौसम अनुकूल भएको अवस्थामा प्रवेश गर्न सक्ने शंका भने यथावत् रहेको जानकारी दिए। यसका लागि किसानलाई अहिलेदेखि सतर्क र तयारी अवस्थामा रहन आग्रह गरिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved