आज मन्त्री परिषद बैठकले लकडाउनको मोडल परिवर्तन गर्ने

  • जेठ २५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारले गठन गरेको कोभिड(१९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आज लकडाउनको मोडालिटीलाई अन्तिमरुप दिने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले कोरोना संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०सँग समन्वय गरेर आज लकडाउनको मोडालिटीलाई टुंगो लगाउने एक मन्त्रीले जानकारी दिए । मोडालिटीको प्रस्ताव प्राप्त भएमा बेलुकीसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउन सक्ने स्रोतको भनाइ छ ।

मन्त्रिपरिषद्ले लकडाउनको मोडालिटी तयार गर्ने जिम्मेवारी दिए पनि उच्चस्तरीय समिति र सिसिएमसीसँग कुरा मिलेको छैन । कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले भारतबाट आएका व्यक्तिको परीक्षण नभएसम्मका लागि कम्तिमा २ हप्तालाई लकडाउन अहिलेकै अवस्थामा राख्न जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

सिसिएमसीले पनि त्यसै अनुसारको प्रस्ताव गरेको छ । तर, पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले भने आजैदेखि लकडाउनलाई खुकुलो पार्नेगरी प्रस्ताव तयार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved