प्रानमन्त्री ज्यु भ्रस्टाचार छैन भन्दै चोखिन नखोज्नुस् -सांसद लिङदेन

  • जेठ २८, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा सांसद राजेन्द्र लिङदेनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा नियन्त्रण भएको छ भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा प्रधानमन्त्रीओलीले आफू मातहतका कार्यालयका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिएपछि पूरक प्रश्न गर्दै सांसद लिङ्देनले माथिल्लो तह देखी तल्लोतहसम्म भ्रष्टाचार कायम भएकाले भ्रस्टाचार छैन भनेर ढाट्न नहुने बताएका हुन् ।

उनले पछिल्लो समय कोरोना नियन्त्रणका समयमा पनि भ्रष्टाचार र अनियमितताका घट्ना बाहिर आइरहेको भन्दै सरकारले भनेजस्तो अवस्था नरहेको बताए ।

उनले भने,’केही भएन भनेर त म भन्दिन तर कोरोना नियन्त्रणका सम्बन्धमा सरकारले जे गरिरहेको छ र प्रधानमन्त्रीले जे बुझ्नुभएको छ त्यो सत्य छैन ।’

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरुलाई पुनः परीक्षण नगरी घर पठाउनु भन्ने निर्णयले संक्रमणको जोखिम बढेको भन्दै यस्तो लापरवाही किन भइरहेको छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे ।

‘स्वास्थ्य मन्त्रालयको निर्देशन भन्दै मेरो निर्वाचन क्षेत्र कचनकवलका ३० जना कोरोना संक्रमितलाई रिटेस्ट नगरी घर फर्काउन लागिएको थियो । हामीले हुँदैन भनेपछि फेरि परीक्षण भयो र उनीहरु मध्ये ५ जनामा फेरि संक्रमण देखियो । यस्तो लापरवाही भइरहेको छ ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved