यी १७ सांसदहरु जो ऐतिहासिक विधेयक पारित गर्दा अनुस्पस्थित रहे

  • जेठ ३२, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतीले पारित भएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ सर्वसम्मतीले पारित भएको हो ।

नयाँ नक्शालाई संविधानमा रहेको निशान छापमा समेट्न सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो । बैठकमा उपस्थित २५८ जना सांसद सबैले पक्षमा मतदान गरेसँगै नेपालको संसदीय इतिहासमै दुई तिहाई भन्दा बढी मतले संशोधन विधेयक पारित भएको हो ।

संसदमा उपस्थिति सबै सांसदले विधेयकका पक्षमा मतदान गरेपछि सभामुख अग्नि सापकोटाले उत्साहपूर्ण ढंगले संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको घोषणा गरे । प्रतिनिधिसभामा कुल २७५ जना सांसद छन् । तर, यी सांसद उपस्थित भएनन्,

संविधान संशोधनमा अनुपस्थित सांसदहरु
अमृतादेवी अग्रहरी
गोपालबहादुर बम
दुलारीदेवी खत्वेनी
धनबहादुर बुढा
नागेन्द्रकुमार चौधरी
प्रमोद साह
शिवकुमार मण्डल
सरिता गिरी
सूर्यनारायणण यादव
सूर्यबहादुर केसी
हरिबोल गजुरेल
ज्ञानकुमारी छन्त्याल
निलम्बित -जो संसद बैठकमा भाग लिन पाउँदैन
विजयकुमार गच्छदार
मो.आफताव आलम
हरिनारायण रौनियार
रेशम चौधरी
सभामुखलाई मत दिने अधिकार हुँदैन ।
आवश्यक
-प्रतिनिधि सभामा कुल सांसद- २७५
– कुल उपस्थित सांसद- २५८
-प्रस्तावको पक्षमा – २५८
-संशोधनका लागि आवश्यक दुई तिहाइ हुन आउने संख्या- १९१
-प्रस्तावको विपक्षमा – ०
-मत दिन्न भन्ने – ०
ऐतिहासिक क्षण
सरकारले लिम्पियाधुरासहितको नक्शा जारी गरेसँगै संविधानको अनुसूची ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्शा अद्यावधिक गर्न यो संविधान संशोधन अघि बढाएको थियो । जेठ ७ गते मन्त्रिपरिषद बैठकले पारित गरेको नेपालको नयाँ नक्शा ९ जेठमा सार्वजनिक गरिएको थियो । नयाँ नक्शामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरिएको छ । संविधान संशोधन विधेयक पारित भएसँगै नक्सा पनि संसदबाट अनुमोदन भएको छ । र, यसलाई नेपाली राजनीतिज्ञ र आम नागरिकले मुलुककै लागि ऐतिहासिक क्षण भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved