प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा पोखरामा प्रदर्शन

  • असार १९, २०७७
  • कालापानी मिडिया
alt

अनिता घिमिरे, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार पोखरामा प्रदर्शन भएको छ ।asdf

पोखराको चिप्लेढुंगामा गरिएको प्रदर्शनमा प्रदर्शनकारीहरुले केपी ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाउन नहुने, पाँच वर्ष उनैलाई सरकार चलाउन दिनुपर्ने माग गरेका हुन् । अँध्यारो कोठे बैठक बसेर ओलीलाई हटाउन लागेको भन्दै उनीहरूले आपत्ति प्रकट गरेका छन् ।

acas

साथै उनीहरूले पार्टीका अन्य नेताहरूलाई लक्षित गर्दै भारतीय विस्तारवादी र भारतीय दलालहरूले प्रधानमन्त्री ओलीलाई हटाउन खोजेको भन्दै यसबाट सचेत हुनुपर्ने बताएका छन् । as

अहिलेको परिस्थितिमा सरकार परिवर्तन गर्न हुदैन भन्ने पक्षमा आफूहरू रहेको भन्दै कुनै व्यक्ति र गुटको पक्ष पोषणमा कोही पनि लाग्नु नहुने प्रदर्शनमा सहभागी युवाहरुको भनाइ छ ।

abn

स्वत स्फुर्त रुपमा सयौंको संख्यामा रहेका ओली समर्थक युवाहरुले जनमतको कदर गर्न समेत आग्रह गरेका छन् । pokhara aandolan

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved