प्युठानमा सलहको आतंक (फोटो फिचर)

  • असार २१, २०७७
  • कालापानी मिडिया
alt


रविन विश्वकर्मा,प्युठान । आउंदैन भन्दा भन्दै आएको सलह किराले प्यूठानमा ठूलो क्षति पु¥याएको छ ।da

गत शनिवार तराईका जिल्ला हुँदै पहाडी जिल्ला प्रवेश गरेको कीराले प्यूठानका विभिन्न स्थानमा लगाएको बालीमा क्षती पु¥याएको हो ।asd

सोमवार प्यूठानको सरुमारानी गाउँपालिकास्थित बांगेसालमा फाट्टफुट्ट देखा परेको सलह किराले दुई तिन दिनमै जिल्लाको सयौं हेक्टर जमिनमा लगाईएको मकै, तरकारी, र धानबालीमा क्षती पु¥याएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन ईकाइ प्यूठानले जनाएको छ ।salaha1

धान जोन ईकाइ प्यूठानका अनुसार जिल्लाका नौ वटै स्थानीय तहमा सहलले बालीमा ठूलो नोक्सानी पु¥याएको छ । हालसम्मको तथ्यांक अनुसार जिल्लाभर सलह किराले ३ सय २२ हेक्टर जमिनमा लगाएको बालीनाली नष्ट गरेको छ ।salaha

सलहले सबैभन्दा बढि झिमरुक गाउँपालिकामा ८० हेक्टर, ऐरावती गाउंपालिकामा ७० हेक्टर, मल्लरानी गाउंपालिकामा ६३ हेक्टर, सरुमारानी गाउंपालिकामा ३८ हेक्टर, र प्यूठान नगरपालिकामा १५ हेक्टर क्षेत्रफलमा लगाएको बालीमा क्षति पु¥याएको छ । त्यसैगरि सलहले नौबहिनी, गौमुखि र माण्डवी गाउंपालिकामा पनि ठूलो क्षेती पु¥याएको छ ।

ga

यि स्थानीय तहमा भएको क्षेतीको विवरण संकलन भैरहेको र एकिन विवरण आउन बाँकी रहेको कार्यालयले जनाएको छ । सलहले सबै भन्दा बढि मकै र तरकारी बालीमा क्षती पु¥याएको छ ।a

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved