ओली दाहाल विवाद समाधान गर्न दोस्रो पुस्ताका नेताको पहल

  • असार २६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन्।

एक सातादेखि अध्यक्षद्वय र दुवै पक्षका केही शीर्ष नेताबीचको वार्ताले ठोस निर्णय गर्न नसकेपछि दोस्रो पुस्ताका नेता तातेका हुन्। दोस्रो पुस्ताका नेताले प्रधानमन्त्री ओली र प्रचण्ड पक्षीय समूहलाई एकजुट बनाउने सूत्रको खोजी सुरु गरेका हुन्। बिहीबार कृषिमन्त्री घनश्याम भुसालहित ११ नेताले पार्टी नेतृत्व मिलाउने विषयमा छलफल गरे।

सिंहदरबारमा भएको छलफलले पार्टी एकताका लागि नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेको छ। दोस्रो पुस्ताको रणनीति नेतृत्वसम्म पुर्याउने र दबाब दिने तयारी नेताहरुको छ।

दोस्रो पुस्ताका नेताले हस्ताक्षर, प्रदर्शन, धर्ना र सामाजिक सञ्जालमा गाली र तालीको अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। बिहीबार सिंहदरबारमा भएको छलपलमा नेताहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मणि थापा, जनार्दन शर्मा, वर्षमान पुनलगायत सहभागी थिए।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved