नेकपाको स्थायी कमिटि बैठक बालुवाटारमा बस्दै

ओलीले राजीनामा नदिए पार्टीबाट निर्णय गराएरै हटाउने रणनीति, सजिलै नछोड्ने ओलीको तयारी

  • असार २६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । पकट–पटक स्थगित गरिएको नेकपाको स्थायी कमिटि बैठक आज पुनः प्रधानमन्त्री निवास बालुवाटरमा ११ बजे बोलाइएको छ ।

पार्टीभित्र देखिएको विवाद टुंगो लगाउन भन्दै अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिएपनि सहमति हुन सकेको छैन् । स्थायी कमिटि बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको दुबै पदबाट राजीनामा मागेपछि विवाद चर्किएको हो ।

प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले ओलीको राजीनामा मागिरहदा ओली भने कुनै हालतमा राजीनामा नदिने अडानमा हुनुहुन्छ । बुधबार अध्यक्षद्धयका बीचमा भएको छलफल झनै भनाभनको रुपमा गएपछि नेकपामा थप विवाद बल्झिएको छ ।

आज बोलाइएको बैठक पनि बस्ने या नबस्ने भन्ने अन्यौल बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved