बलिवुड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण,जया बच्चन र ऐश्वर्या रायको रिपोर्ट आज आउँदै

  • असार २८, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । दुवैलाई शनिबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ ।

७७ वर्षीय बच्चन आफैँले ट्विटमार्फत त्यसबारे जानकारी दिएका हुन् । ‘मलाई कोरोना पोजेटिभ देखिएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालका अधिकारीहरूलाई यसबारे सूचित गरिएको छ,’ उनले ट्विटमा लेखेका छन्, ‘परिवार र कर्मचारीको पनि परीक्षण गरिएको छ, रिपोर्ट आउन बाँकी छ । पछिल्ला १० दिनमा मसँग सम्पर्कमा आउनुभएका सबैले परीक्षण गराउनुहोला ।’

aa

 

अभिताभ पछिल्ला दिनमा सोनी टेलिभिजनबाट प्रसारण हुने ‘कौन बनेगा करोडपति’को १२औँ अडिसनको तयारीमा जुटेका थिए । महाराष्ट्र राज्य सरकारले कोरोना संक्रमणको जोखिम समूह मानिएका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर निस्केर कुनै काम गर्न अनुमति दिएको छैन । सोही कारण बच्चनले ‘कौन बनेगा करोडपति’को सुटिङ सुरु गर्न पाएका छैनन् ।

उनी रणवीर कपुर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’मा देखिँदै छन् । यसअघि फिल्म ‘गुलाबो–सिताबो’मा देखिएका थिए । यस फिल्ममा उनको साथमा आयुष्मान खुराना मुख्य भूमिकामा छन् । फिल्म ‘गुलाबो–सिताबो’ डिजिटल प्लेटफर्म अमेजन प्राइममार्फत रिलिज भएको थियो ।

da 1

केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धन, महाराष्ट्रका पूर्वमुख्यमन्त्री देवेन्द्र फडनाभिस, उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवलगायतले बच्चन बाबुछोराको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएपछि अमिताभकी पत्नी जया र अभिषेककी पत्नी एवं अभिनेत्री राय बच्चनको पनि कोरोना परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट आज आइतबार आउने महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले जानकारी गराएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved