नेपालको पानी भारतको नियन्त्रण

  • असार २८, २०७७
  • कालापानी मिडिया
alt

बिकल रेग्मी, सुनसरी । कोशी ब्यारेज पुलको आयू सकिएको हुँदा यतीबेला कोशी व्यारेजमा उच्च जोखिम बढेको छ । ५८ वर्ष अघि निर्माण भएको कोशी ब्यारेजको आयु सकिएको छ । नेपालको सुनसरी र सप्तरी जिल्लामा पर्ने यो ब्यारेज पूर्णतया भारतको नियन्त्रणमा छ । भारततर्फ पानी लगिएको च्यानलको नियमित सरसफाइ गरिन्छ । तर, यो ब्यारेजको जिर्णोद्धार र सफाइमा भने खासै वास्ता गरिदैन ।

kosii

हाल ब्यारेजका विभिन्न ढोका छेउमा बर, पिपिल र अन्य रूखविरूवा र झारपात उम्रिएका छन् । यि झारले ब्यारेज कमजोर बनाइरहँदा पनि जिम्मेवार पक्षले ध्यान दिएको छैन । सप्तकोशी ब्यारेज पुल भारतको कोलकतास्थित जोसेफ एण्ड जोसेफ कम्पनी लिमिटेडले १० बर्ष लगाएर सन् १९६२ मा निर्माण सम्पन्न गरेको हो । ५० बर्ष तोकिएको पुलको आयु सकिएको केही बर्ष वितिसकेको छ । कोसी ब्यारेजको रेखदेखसँगै मर्मत सहितका सम्पुर्ण जिम्मेवारी भारत सरकारको भएपनि कोशी पुलको मर्मतमा चासो नदिएको नेकपा (क्रान्तीकारी माओवादी) निकट प्राक्रीतिक स्रोतसाधन तथा जलस्रोत विभिागका केन्द्रीय सदस्य गणेस कट्वालको आरोप छ ।

koshii

सप्तकोशी नदीमा बग्ने पानी नेपालको भएपनी नियनयन्त्र भने भारतीय पक्षले गर्दै आएका छन । भारतीय पक्ष सँग सप्तकोशीको ढोका खोल्न नेपालले बारम्बार अनुरोध गर्नुपर्ने बाध्यता छ । सप्तरी र सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारी ले भारतीय पक्षसँग छलपल गरी पानीको वहाव हेरेर ढोको खोल्ने सहमती भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिएका छन ।

saptakoshi

सन् १९६४ देखि पूर्ण रुपमा सुरु भएको कोसी ब्यारेज पुलमा सुनसरीतर्फ २८ र सप्तरीतर्फ २८ गरी कुल ५६ वटा ढोका छन् । नौ लाख ५० हजार क्यूसेक पानीको बहाब धान्न सक्ने क्षमता भएपनि पछिल्लो समय नदिको सतहमा बालुका थुप्रिएका तीन लाख भन्दा बढी पानीको बहाब खतरा हुने प्राविधिकहरुले बताएका छन् । वि.स. २०६५ साल भदौ २ गते सप्तकोशी नदिले पुर्वी तटबन्ध भत्काउदा समेत पूर्व पश्चिम राजमार्ग लामो समय अवरुद्ध भएको थियो । कोशी पुलमै असर गरे अवस्था अझ भयावह हुनसक्छ । त्यसैले नेपाल सरकारले पुलको जोखिमप्रति गम्भीर बन्दै भारतलाई समयमै जिम्मेवार बनाएर पुलको प्राविधिक जाँच र मर्मत संभारमा ध्यान दिन आवश्यक देखिएको छ ।

asss

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved