ओलीले प्रचण्डलाई भने तपाईको पक्षमा भएकाहरुलाई म तान्छु

  • असार ३१, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौँ । ‘संसदीय दलमा तपाईंहरूको पक्षमा चार–पाँचजना बढी होलान्, तिनलाई म तानिहाल्छु’ चितवन जानुअघिको भेटमा प्रधानमन्त्रीले यति कुरा भनेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिए ।

अनि, शंकर पोखरेलचाहिँ प्रधानमन्त्रीको राजीनामा, पार्टी अध्यक्ष छोडाउनेजस्ता केही कुरा नगरौँ, मिलाएर लैजाऔँ भन्दै अर्को पक्षका नेतासँग कुरा गर्न सक्रिय भए । बरु, छिटो महाधिवेशन गर्ने भन्ने थियो, उनको जोड । उनले कुरा गरेका नेतालाई आश्वस्त पारे– प्रधानमन्त्रीले संसद विघटन, पार्टी विभाजन यस्तो केही पनि गर्नुहुन्न ।

प्रधानमन्त्रीले प्रचण्डसँगको अन्तिम भेटमा भनेझैँ प्रदीप ज्ञवालीले अँगेनो लाउञ्जमा भेला भएका स्थायी कमिटी सदस्यमध्ये चार–पाँचजनासँग कुरा गरिसक्यौँ भन्ने गरेका छन् ।
को होलान् त ती चार–पाँच जना स्थायी कमिटी सदस्य रु अर्को समूहले यसको खोजी गर्दा तथ्य फेला पारेन । बरु, केपीलाई साथ दिन्छन् कि भन्ने परेका टोपबहादुर रायमाझीले प्रष्ट पारेका छन्, ‘उता ९केपी० समर्थन गर्दिनँ, बरु बीचमा बस्छु ।’

अनि, प्रधानमन्त्रीसँग भेट गरेका कारण उतै साथ दिन्छन् कि भनिएका मणि थापाको असन्तुष्टि जिम्मेवारी दिएनन् भन्नेमात्रै हो । प्रचण्डलाई धोका नै दिन्छन् भन्नेमा त्यता विश्वास गरिएको छैन । र, प्रधानमन्त्रीको राजीनामाका पक्षमा आफ्नो कित्ता प्रष्ट पारिसकेका गृहमन्त्री बादल केपीतिरै फर्किने अवस्था नरहेको विश्लेषण नेताबीच चलेको छ । अन्ततः प्रधानमन्त्रीले एउटा पदबाट मात्र हटेर पार्टी नफुटाउने लाइन लिने सम्भावना रहेको बताइन्छ ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved