भारतमा एकैदिन थपिए ३५ हजार ४६८ जना कोरोना संक्रमित

  • साउन २, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतमा कोरोना भाइरस कोभिड-१९ बाट अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् ।

बिहीबार २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भएका हुन् । बिहीबार ३५ हजार ४६८ जना संक्रमित भएका हुन् । बुधबार ३२ हजार ६०७ जना संक्रमित भएका थिए । यो त्यतिन्जेलको रेकर्ड बनेको थियो ।

त्यसअघि मंगलबार २४ घण्टामा त्यतिन्जेलसम्मकै सर्वाधिक २९ हजार ९१७ जना थपिएका थिए । निरन्तर कोरोना संक्रमित बढ्दै गएपछि भारत सरकारले फेरि लकडाउनलाई अझ कडाई गरेको छ । विभिन्न राज्य सरकारहरुले पनि छुट्टै योजना ल्याएका छन् ।

भारतमा कुल संक्रमित १० लाख ५ हजार ६३७ जना पुगेका छन् । यीमध्ये २५ हजार ६०९ जनाको ज्यान गएको छ । बिहीबार मात्रै ६८० जनाको ज्यान गएको छ ।

त्यसअघि बुधबार मात्रै ६१४ जनाले ज्यान गुमाएका थिए । यो संख्या दोस्रो ठूलो हो २४ घण्टाको अवधिमा । यसअघि एकैदिन एक पटक मात्र २००४ जनाको ज्यान गएको थियो । मंगलबार मात्रै ५८७ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै ६ लाख ३६ हजार ६०२ जनालाई निको भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी २२ हजार ८६७ जनालाई निको भएको छ । यसअघि बुधबार २० हजार ६४६ जनालाई र मंगलबार एकैदिन २० हजार ९७६ जनालाई निको भएको थियो ।

सबैभन्दा बढी महाराष्ट्रमा ८ हजार ६४१ जना नयाँ संक्रमित थपिएर २ लाख ८४ हजार २८१ पुगेका छन् । मृतक २६६ थपिएर ११ हजार १९४ पुगेका छन् ।

दोस्रो स्थानको तमिलनाडुमा ४ हजार ५४९ थपिएर १ लाख ५६ हजार ३६९ पुगेका छन् । मृतक ६९ थपिएर २ हजार २३६ पुगेका छन् । दिल्लीमा १ हजार ६५२ जना थपिएर संक्रमित १ लाख १८ हजार ६४५ पुगेका छन् । मृतक ५८ थपिएर ३ हजार ५४५ पुगेका छन् ।

बिहीबार कर्नाटकमा १०४ मृतक थपिएर १०३७ पुगेका छन् । आन्ध्रप्रदेशमा ४०, उत्तर प्रदेशमा ३४, पश्चिम बंगालमा २३, बिहारमा १०, जम्मु–कश्मीरमा १६ तथा गुजरातमा १० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved