ठोरीको सिमा स्थम्भ उखेलेर फ्याकिएको भेटियो

  • साउन ४, २०७७
  • कालापानी मिडिया
alt

आरोहण शाह,पर्सा । पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै चर्चामा आएको सीता गुफा क्षेत्रको नेपालतर्फ पर्ने सिता गुफाभन्दा करिब १० मिटर दक्षिणतर्फ रहेको ३५ नम्बरको सीमास्तम्भ उखेलिएको अवस्थामा फेला परेको हो।

thorii

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि हर्षित ठोरीका स्थानीयले सीता गुफा, वनशक्ति मन्दिर लगायतका शक्तिपीठहरुमा शनिबार विशेष पूजा अर्चना समेत गरेका थिए। त्यही बेला त्यहाँ जम्मा भएका उनीहरुले स्तम्भ उखेलिएर फ्याकिएको देखा परेको थियो।

सीता गुफा परिसरमा भेला भएका स्थानीयले सो ठाउँबाट घडा बोकी अमृत धारामा जल भरेर ठोरीको ऐतिहासिक वन शक्ति मन्दिर प्ररिक्रमा गर्दै सीतागुफासम्म जलयात्रामा सहभागि रहेका केहि व्यक्तीले दुई देशलाई लडाउन खोजेको ठोरीवासीको भनाइ रहेको छ।

thori

शनिबार कलश यात्रामा सहभागीहरुले राम र सीताको जयजयकार गर्दै भजन कीर्तन समेत गरेका थिए। बिहान हामीले पूजा गर्दासम्म त्यो सीमा स्तम्भ त्यहि नै थियो। दिउँसो हेर्दा त्यहाँ थिएन। उखेलेर फ्याँकिएको अवस्थामा देखियो ठोरी गाउँपालिका २ का स्थानीय बिजय सापकोटाले भने पहिला पनि यो स्तम्भका बारेमा पटक पटक विवाद भएका छन् ।

सिमा स्तम्भ कसले उखेलेर फाल्यो आफुहरुलाई थाहा नभएको स्थानीइको भनाइ छ। तर, पूजा आराधाना गर्नेक्रममा घुसपैठ भएको हुनसक्ने स्थानीयको आशंका छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved