आज नेकपाको स्थााइ कमिटि बैठक बस्दै

ओली प्रचण्ड मिल्नुपर्ने लबिङ गर्दै पूर्वमाओवादीहरू

  • साउन १३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज ९मंगलबार० बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएको छ।

पार्टीभित्रको विवादका कारण यसअघि पटक–पटक स्थगित हुँदै आएको बैठक मंगलबार भने सूचारु हुने बताइएको छ । तर नेताहरुबीच कुनै सहमति भने हालसम्म जुट्न सकेको छैन । पार्टीभित्रको प्रचण्ड–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले नमाने पनि मंगलबारको बैठक नरोक्ने जनाएको छ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी समिति बैठक अब नरोक्ने र आवश्यक परे केन्द्रीय समितिको बैठक समेत बोलाउने तयारी एक साथ अघि बढाएका छन्।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरुको छलफलले ओलीले रोक्न चाहे पनि बैठक नरोक्ने निर्णय गरेको थियो । छलफलमा दाहालसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए।

दाहाल नेपालमा खेमामै रहेका भनिएका वामदेव गौतम र रामबहादु थापा बादल सहभागी नभएको दाहालको सचिवालयले जनाएको छ।

स्थायी समिति बैठकमा केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने एजेण्डा प्रवेश गरेपछि असार १८ गतेदेखि सहमतिका भन्दै बैठक लगातार स्थगित हुँदै आएको छ।

दाहाल नेपाल पक्षले बहुमतका आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव स्थायी समितिमा पेश गर्ने तयारी थालेको स्रोतको दाबी छ। स्थायी समिति बैठक अनिश्चित भइरहेका बेला विवाद समाधानका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने तयारीसमेत हुन थालेको छ।

दाहाल नेपाल पक्षीय एक चौथाई केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठक बोलाउनका लागि हस्ताक्षर बुझाउने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved