विष्णु पौडेलमाथी किन कड्कीए प्रचण्ड

  • साउन २१, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । ‘मलाई अचम्मचाहिँ के लाग्न थाल्यो भने, तपाईंहरूजत्तिको नेता भनिएका मान्छे नेता नभएर दासजस्तो किन हुनुभाछ ?’

शुरुमै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अरु दिनभन्दा फरक किसिमले यसरी भएपछि पहिला शंकर पोखरेलले जवाफ दिए, ‘यो डेडलक खुलाउने सन्दर्भका विषयहरूलाई जे–जसरी अर्थ लगाए पनि आखिरमा हामीले चाहेको, तपाईंले चाहेको कुरा एउटै न हो, निकास‘?’

अनि, प्रचण्डले महासचिव विष्णु पौडेलतिर हेरेर भने, ‘तपाईं त पार्टीको महासचिव हो नि महासचिवको जस्तो भूमिकामा आउनुपर्यो ।’

यसरी पार्टीका एउटा अध्यक्षको सन्देशवाहक भएर पुगेका जिम्मेवार नेताहरूलाई अर्का अध्यक्षले त्यस्तो संज्ञा दिएपछि शनिबारको खुमलटार भेटघाटमा केही असहजता देखियो । यस्तो हुनुको कारण थियो, प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको सन्देश लिएर पुगेका नेताहरूले एकोहोरो उतैको कुरामात्र सुनाउनु र त्यसैलाई मानिदिनुपर्ने प्रस्ताव दोहोर्याइरहनु । यस्तो भएपछि प्रचण्डले ‘पार्टी नेताले त पार्टी मिलाउने गरी पो कुरा गर्नुपर्छ, कुरा यस्तो छ, यसमा मानिदिनुस् भन्ने पनि कुनै प्रस्ताव हुन्छ ?’ भन्दै असन्तुष्टि पोखेका थिए ।

खासमा विष्णु पौडेल, शंकर पोखरेल र जनार्दन शर्माहरू दुई सातादेखि अवरुद्ध दुई अध्यक्षबीचको संवाद सुचारु हुनुपर्ने ध्येयसहित त्यहाँ पुगेका थिए । प्रचण्डले शुरुमै भने, ‘निकास निकाल्ने हो भने वार्ता गरौँ ।’ अनि, थपे, ‘केपीजीमा हामीले सोचेकोभन्दा बढी र अचम्मखालको अहं देखियो । यस्तो अहंले पार्टी र मुलुकलाई क्षति गर्नेबाहेक अर्को निकास दिँदैन ।’

त्यसपछि आइतबार र सोमबार पूर्व एमाले अध्यक्ष झलनाथ खनालको उपस्थितिबीच कुराकानी त चले । तर, निकास भने निस्किएन । बरु, दुबैतिर आ–आफ्नो ढंगका कुराकानी चलिरहेका छन् । विष्णु र शंकरले शनिबार ‘मंसिरमा महाधिवेशन गरौँ, तपाईं त्यही महाधिवेशनबाट अनुमोदित अध्यक्ष बन्ने’ भनी बालुवाटारको सन्देश राखेका थिए ।

तर, यति कुरा राखेर विष्णु र शंकरले सुनाए, ‘उहाँ (ओली) चाहिँ वार्ता गर्दिनँ, मेरो कुरा यही हो, यसमा मानेर जाऔँ भन्नुहुन्छ ।’ यसपछि हो, ‘दास’ भन्दै प्रचण्ड पड्किएका ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved