प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यराति संवाद, एकअर्कालाई बचाउने सहमति

  • साउन २१, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । ‘हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने ’ प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात यस्तो संवाद चलेको सूचना पाएपछि देशका वरिष्ठ अधिवक्ताहरु शुक्रबार अपरान्ह बानेश्वरको अर्याल होटलमा भेला भए।

प्रधानमन्त्री अध्यादेशमार्फत् आफ्नो अनुकूलतामा संसद विघटन वा चुनाव चिन्ह सुनिश्चित गर्दै पार्टी विभाजनतर्फ अग्रसर भएको आशंका गरिएकै बेला त्यसलाई वैधता दिने प्रयोजनका लागि प्रधानन्यायाधीशलाई प्रभावित पार्न खोजिएको देशका वरिष्ठ अधिवक्ताहरुले अनुमान लगाएका छन्। 

रञ्जन कोइरालाको सजाय घटाउने फैसलामा चुकेका प्रधानन्यायाधीशको कमजोरीमा बालुवाटारले खेल्न चाहेको र पार्टीको विवाद कुनै किसिमले अदालतमा प्रवेश गर्दाको अवस्थामा साथ खोजिएको सो भेलाको आँकलन थियो।

सरकार र प्रधानन्यायाधीशको रवैया यस्तै भए सडकदेखि अदालतसम्म आन्दोलनको आँधिवेहरी सिर्जना गर्नेसम्मको सल्लाह भएको र त्यसमा मिडियाले समेत साथ दिनुपर्ने नेपाल बारका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले सुनाए।

खड्काका अनुसार खबरदारीका लागि हरि उप्रेती, भीमार्जुन आचार्य र सुनिल पोखरेल सम्मिलित एउटा कार्यदल गठन भएको छ ।

यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved