कोरोनाले ब्राजिलमा लियो १लाख एक हजारको ज्यान

भारतमा २१ लाख ५३ हजार भन्दा बढी मानिस संक्रमित भएकोमा ४३ हजार तीन सय भन्दा बढीको ज्यान गयो

  • साउन २६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित देशमध्येमा पर्ने ब्राजिलमा कोभिड–१९ का कारण एक लाख एक हजार भन्दा बढीको मानिसको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देश ब्राजिलमा कोभिड–१९ बाट अहिलेसम्म एक लाख एक हजार ४९ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या ३० लाख ३५ हजार भन्दा धेरै पुगेको छ ।

अमेरिकापछि सबैभन्दा धेरै संक्रमित र ज्यान गुमाउनेको संख्या ब्राजिलमा छ र अझै पनि संक्रमण नियन्त्रणमा आउने संकेत देखिएको छैन ।

ब्राजिलमा पहिलो ५० हजार मानिसको कोरोना भाइरसका कारण मृत्यु हुन तीन महिना लागेको थियो । तर थप ५० हजार भन्दा बढी मानिसको मृत्यु मात्रै ५० दिनमा भयो ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमण अझै पनि उच्च तहमा रहेको छ तर त्यहाँ पसल तथा रेस्टुरेन्टहरु खुलिसेकका छन् ।

राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरसको महामारीलाई गम्भीर रुपमा लिएका छैनन् । उनले कोरोना भाइरसविरुद्धको अभियानमा अर्थतन्त्रलाई असर गर्ने कुनै पनि उपाय लागु गर्न दिएका छैनन् ।

आफै पनि कोरोना भाइरसबाट संक्रमित भएका उनले राज्यका गभर्नरहरुले लकडाउन गरे पनि त्यसको विरोध गर्दै आएका थिए । उनी बिना मास्क पनि समर्थकहरुको भिडमा उपस्थित हुने गरेका छन् ।

सहकार्यको अभावमा ब्राजिलमा कोरोना भाइरसको महामारीले अति खराब अवस्था लिएको भन्दै विज्ञले चिन्ता व्यक्त गर्दै आएका छन् ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ९७ लाख ६९ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये सात लाख २९ हजार भन्दा बढीको ज्यान गएको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५० लाख ४१ हजार भन्दा बढी संक्रमित भएकोमा एक लाख ६२ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ ।

भारतमा २१ लाख ५३ हजार भन्दा बढी मानिस संक्रमित भएकोमा ४३ हजार तीन सय भन्दा बढीको ज्यान गएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved