एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भए - कमल थापा

  • असोज ६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भएको बताएका छन् ।

उनले हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिह्न गाई नै उपयुक्त हुने बताएका छन् ।छ महिना पहिले एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति जुटाएको छ । एकीकरण हुनुअघिको राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटेको हो । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चुनाव चिह्न हो ।

आज बिहान ट्वीट गर्दै राप्रपा अध्यक्ष थापाले पार्टी एकता जोगाइराख्न सम्झौता अनिवार्य भएको भन्दै यसलाई सहजरुपमा लिइदिन अपिल गरेका छन् ।

tt

‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनाव चिह्न हो । तर, पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो । परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी र शुभचिन्तकहरुमा अपिल गर्दछु ।’

अध्यक्ष थापाले अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लाग्न पनि आह्वान गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved