शान्तिपूर्ण प्रर्दशनमा दमन गर्न खोजे आन्दोलन हुने -राजेन्द्र लिङदेन

  • मंसिर १७, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता तथा सांसद राजेन्द्र लिङदेनले आउदो शनिबार २०गते हुने मोटर साइकल र्यालीमा सहभागी हुन सम्पूर्ण राष्ट्र प्रेमिहरुलाई अनुरोध गरेका छन् । नेता लिङदेनले राप्रपा झापाको अगुवाईमा हुन गइरहेको मोटर साईकल र्यालीमा संघियता खारेजी, राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनकालागि सहभागी हुन अनुरोध गरेका हुन् ।

उनले हाल देशको परिस्थितिलाई मध्य नजर गर्दै संवैधानिक राजसंस्था, हिन्दू राष्ट्र र भ्रष्टाचारिहरुलाई कारवाहिको माग गर्दै पूर्वको सिमानामा रहेको मेचि नदिलाई साचि राख्दै काकडभिट्टा देखि झापा जिल्लाको सिमाना दमक सम्म शान्तिपूर्ण मोटरसाइकल र्याली निकाल्ने र र्यालीमा सहभागी हुन सम्पुर्ण राष्ट्र प्रेमिहरुलाई अनुरोध गरेको बताएका हुन् ।

नेता लिङदेनले हाम्रो कालापानीसंग कुरा गर्दै अब राप्रपालाई वैकल्पिक शक्तिका रुपमा स्थापना गर्ने गरी अगाडि बढ्ने बताए । उनले भने, २० गते शनिवारका दिन हुन गइरहेको शान्तिपूर्ण प्रदर्शनमा धरपकट गर्न खोजे परिणाम गम्भीर हुनेछ । सरकारको अदूरदर्शिता र अकर्मण्यताका कारण जनता बाक्क भइसकेको अवस्थामा हिन्दु राष्ट्र स्थापना र राजसंस्था पुर्नबहालीको माग गर्दै भएको प्रर्दशनमा राज्यले दमन गर्न खोज्दछ भने त्यसले फेरी आन्दोलनको रुप लिनेछ लिङदेनले भने ।,

राप्रपा लगायत बिभिन्न संघ संगठनले बिभिन्न स्थानमा गर्ने प्रर्दशनलाई रोक्ने उदेश्यले सरकारले ७७ ओटै जिल्ला प्रशासनमा परिपत्र गरेको छ, यदि त्यसो गरिए परिस्थीतीले फरक मोड लिने लिङदेनको भनाई छ । पछिल्ला दिनहरुमा बिभिन्न स्थानहरुमा भईरहेका प्रर्दशन र प्रदर्शनमा जनताको सहभागीता देखेपछि सरकार अतालिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved