राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध भोलीमात्रै रिट दायर हुने्

प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको गम्भीर दुरुपयोग गरेर कू गरे

  • पुस ५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरेको सिफारिसलाई सदर गरि दिएको विषयमा सर्वोच्च अदालतमा आज रिट दायर नहुने भएको छ । रिट दायरको तयारीमा रहेका कानुनविद्हरुका अनुसार रिट दायरका लागि भोलि बिहानै अदालती प्रकृया सुरु गरिनेछ ।

अधिवक्ता राजनकुमार निरौलाका भनाइमा सामान्यत ‘टि ब्रेक’ अघि प्रकृया सुरु गरियो भने मात्र रिट दायर हुन्छ । टि ब्रेकपछि प्रकृया सुरु गरिएका रिट दायर भएका घटना सायदै छैनन् । सर्वोच्च अदालतमा १ देखि २ बजेसम्म ‘टि टाइम’ हो । राष्ट्रपति भण्डारीले साढे दुई बजेतिर मात्र प्रधानमन्त्री ओलीको सिफारिसलाई सदर गरि दिएकाले आज रिट निवेदन दिन ढिला भएको हो ।

त्यसमाथि रिट निवेदन दर्ता गर्न समय लाग्छ । रिट शाखामा पुगेर मात्र हुदैन । रजिष्टार, मुख्य रजिष्टारले हेर्ने चलन छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको गम्भीर दुरुपयोग गरेर कू गरेका छन् । त्यसैले संविधान जोगाउन पनि रिट दायर गरेर अदालत गुहार्नुको विकल्प छैन । ‘रिट दायर हुन्छ म त्यसको तयारी गरिरहेको छु’, त्रिपाठी भन्छन् ‘दर्ता गर्न भोलि अदालत खुल्न बित्तिकै जान्छु ।’

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved