राजा निस्कदै निर्मल निवासबाट

  • पुस १०, २०७७
  • कालापानी मिडिया
alt

१० पुस, काठमाडौं । नेपालमा राजनीतिक विवाद उत्कर्समा पुगेको तथा राजसंस्था र हिन्दूत्व पक्षधरको पनि प्रदर्शन चलिरहेका बेला पूर्वराजा आइतबार निर्मल निवासबाट निस्कने भएका छन्। रानी कोमल शाह सहित उनी झापाको दमकमा रहेको हिमालयन टिस्थित निवासमा पुग्ने भएका हुन्। पूर्वराजा परिवारसहित हरेक हिउँदमा झापा पुग्दै आएका छन् तर यस पटकको बसाई भने अर्थपूर्ण र राजनीतिक हुने बताइएको छ।

उच्च स्रोतका अनुसार, झापा बसाईका क्रममा उनले राजावादी संघ संस्थाका प्रतिनिधिसहित राप्रपाका नेता कार्यकर्तालाई पनि भेट्नेछन्। कतिपयले भने अहिले मूलधारमा रहेका नेकपा र कांग्रेसलगायतका दलका नेतालाई पनि उनले झापामा भेट्नेछन्।

पूर्वराजा ज्ञानेन्द्र पुगेको चार दिनपछि पूर्वयुवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा पुग्नेछिन्। त्यसपछि पूर्वराजपरिवारको भारत भ्रमण हुने बताइएको छ।

झापादेखि बागडोग्रा हुँदै नयाँ दिल्लीसम्मको भ्रमण हुने तयारी भएको बताइएको छ। निर्मलनिवासले भने भारत भ्रमणको विषयमा केही खुलाएको छैन। भारतीय जनता पार्टी र राष्ट्रिय स्वयम् सेवक दल –आरएसएस०का पश्चिम बंगाल प्रतिनिधिहरूले पूर्वराजपरिवारको भारत भ्रमणको तालिका मिलाइरहेको उच्च स्रोतको दाबी छ।

नेपालमा राजनीतिक अस्थिरता सुरु भएको र संघीयता समेत खारेज हुन सक्ने अवस्थिति देखेपछि पूर्वराजा ज्ञानेन्द्र कुटनीतिक रुपमा पनि सक्रिय हुन थालेको बताइएको छ। यसअघि पूर्वराजाले केही बर्षका अन्तरालमा माल्दिभ्स, श्रीलंका र थाइल्यान्डमा भारतीय जनता पार्टीका उच्च अधिकारीसँग भेट गरेका थिए।

सो भेटका क्रममा पूर्वयुवराज्ञी हिमानी पनि सरिक थिइन्। भारतीय अधिकारीहरूले निरन्तर रुपमा पूर्वराजालाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved