त्यो कहालीलाग्दो दरबार हत्याकाण्ड, २० वर्षसम्म किन खोजिएन रहस्य ?

  • जेठ १९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते शुक्रबार राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ।

जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसकेपनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन। आजको दिनलाई नेपाली इतिहासमा कालो दिनको रुपमा पनि लिइन्छ ।

राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो। यस्तै घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। घटनापछि तत्कालिन सरकारले छानबिन समिति गठन गरे पनि अझै घटनाको यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको प्रतिवेदन आउन सकेको छैन।

birendra-family1

तत्कालिन छानविन समितिले युवराज दीपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो। छानविन समितिको तथ्यअनुसार युवराज दीपेन्द्रले नै राजा वीरेन्द्रको वंश नाश गरेको मानिन्छ। तर, उक्त प्रतिवेदनको दाबीलाई धेरैले विश्वास नगरेको पाइन्छ।

दरबारमै कार्यरत उच्च पदस्थ अधिकारीहरुले लेखेको किताबमा पनि दीप्रेन्द्रप्रति नै औंला उठाइएको छ। कतिपयले भने निश्चित व्यक्तिलाई जोगाउन किताब लेखाएको भनेर समेत टिप्पणी गर्ने गरेका छन्। घटनाको निष्पक्ष छानविनको पटक पटक माग हुँदै आएको छ । अत्यन्त रहस्यमय मानिएको दरबार हत्याकाण्ड भएको २० वर्षमा दर्जनौं सरकार फेरिँदा पनि कसैले छानविन गर्ने हिम्मत गरेका छैनन् ।

दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो। राजा वीरेन्द्रपछि उनका भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए पनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बन्न पुगे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved