पूर्व राजा ज्ञानेन्द्रद्वारा देशको अवस्थाप्रति चिन्ता व्यक्त (भिडियो सहित)

सबैले आफ्नो स्वस्थको ख्याल गर्न आग्रह

  • जेठ २०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफू देशको अवस्थाबाट चिन्तित रहेको बताउनु भएको छ।
उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्य राम्रो भएको जनाउँदै देशमा महामारीको रुपमा फैलिरहेको महामारीको कारण आफू चिन्तित रहेको बताउनु भएको हो। ‘अहिले हामी दुबै पूर्ण स्वास्थ्य लाभमा छौं तर देश तथा देश बाहिरको महामारीको अवस्थाप्रति चिन्तित छौं।’ उहाँले भन्नुभयो।

सञ्जालमार्फत् नै उहाँले आफ्नो र पूर्व रानी कोमल शाहको स्वास्थ्य लाभका लागि शुभकामना दिने सबैप्रति आभार व्यक्त गर्दै महामारीमा खट्ने सबैलाई धन्यवाद दिनुभएको छ । ‘महामारीमा दिनरात आफनो दायित्व र मानवीय कार्य गर्र्ने सबै अग्रपंक्तिमा रहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सामाजिक कार्यकर्ताहरुमा हामी अन्तर आत्मादेखि धन्यवाद दिन चाहन्छौं।’ उहाँले भन्नु भयो ।

पूर्व राजा शाहले महामारी जारी रहेकोले यसलाई नियन्त्रणका लागि हाम्रो आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यक पर्नेमा समेत जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved