महाकाली नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • असार ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । लगातारको वर्षासँगै महाकाली नदीमा बाढी आएपछि कञ्चनपुरका केही बस्ती डुबानमा परेका छन्।

महाकालीमा आएको बाढीका कारण नदी बस्ती तिर आएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको केही बस्ती डुबानमा परेका हुन्। बाढीले भीमदत्त नगरपालिका १२ स्थित ऐरी घाटको बस्ती डुबानमा परेको हो।

ऐरी बस्तीको १० घर डुबानमा परेको र उद्दारको काम भइरहेको भीमदत्त नगरपालिका १३ का वडाअधयक्ष लालबहादुर शाहीले जानकारी दिए। महाकाली नदीमा पानीको बहाव बढेपछि महाकालीमा निर्माणधीन ४ लेन पुलको ड्याम समेत भत्काएको अध्यक्ष शाहीले जानकारी दिए।

उनका अनुसार ड्याम भत्काएपछि आवातजावात समेत बन्द भएको छ। अहिले पनि नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको स्थानीयले बताएका छन्।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सम्भावित क्षतिलाई मध्यनजर गरी उद्दार टोली तयारी अवस्थामा राखिएको बताए। शनिबार बिहानसम्म महाकाली नदीमा पानीको स्तर १ लाख ६६ हजार क्वीसेक मापन गरिएको थियो।

सामान्यतया महाकाली नदीमा ४० हजार क्वीसेक हुनुपर्नेमा धेरै बढेको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार नै नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन अपील जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved