पूर्वप्रधान सेनापतिहरुलाई दिल्लीको निम्तो

  • भदौ १७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरुलई भारतले आमन्त्रण गरेको छ । नयाँदिल्लीमा आयोजना हुने चिफ कन्क्लेभ सेमिनारमा भाग लिन भारतीय सेनाले पूर्वप्रधान सेनापतिहरुलाई बोलाएको हो ।

भारतीय सेनाले नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरुलाई दिल्लीमा एकैसाथ भेला गर्ने भएको हो। नेपाल र भारतका बीच लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा विवाद चर्किएयता दुई देशका बीच निकै खटपटपूर्ण सम्बन्ध रहँदै आएको सन्दर्भमा नेपालका सबै भूतपूर्व प्रधानसेनापतिहरु भारतीय सेनाले यसरी एकैसाथ निम्त्याउनुलाई अर्थपूर्ण हेरिएको छ।

सैनिक स्रोतका अनुसार, हालसम्म जीवित सातजना भूतपूर्व प्रधानसेनापतिहरु र यसै महिनाको २४ गतेदेखि भूतपूर्व हुन लागेका सेनापतिलाई समेत गरेर आठैजनालाई भारतीय सेनाले औपचारिक निम्तो गरेको छ । यही सेप्टेम्बरको १७ र १८ तारिक दिल्लीमा भारतीय सेनाको विशेष कार्यक्रममा सबैलाई निम्तो दिइएको हो।

भारतीय सेनाको निम्तोलाई पूर्वप्रधानसेनापतिहरु धर्मपालबरसिंह थापा, प्यारजंग थापा, रुक्मांगद कटवाल, गौरवसमशेर राणा र राजेन्द्र क्षेत्रीले स्वीकार गरी आफूहरु सहभागी हुने जानकारी दिएको सैनिक स्रोतले जनाएको छ।

प्रज्वल्लसमेशर राणाको स्पष्ट भइनसकेको तर छत्रमानसिंह गुरुङ र भदौ २४ गतेदेखि भूतपूर्व हुन लागेका हालका सेनापति पूर्णचन्द्र थापाले आफू हाललाई सहभागी हुन नसक्ने जानकारी पठाएका छन्। ‘पूर्वसेनापति कटवालले सहभागिता जनाउने भने पनि हाल उनी अमेरिका भ्रमणमा छन्, त्यतिबेलासम्म उनी फर्कन्छन् कि फर्कन्नन् यकिन भएन’, सैनिक स्रोतले भन्यो। नेपालमा भारतको सुरक्षा चासो निकै गहिरो छ र उसले सैनिक सम्बन्धमा जोड दिँदै पनि आएको छ। तर, भूतपूर्व सेनापतिहरु जम्मा गरेर उसले नेपाल सरकार नेपाली सेनाको नयां नेतृत्वलाई दिन खोजेको सन्देश के हो रु भन्ने चाहिँ स्पष्ट भइसकेको छैन। नेपालले भारतबाहेक तेस्रो मुलुकसँग नेपाली सेनाका लागि अत्याधुनिक हतियार खरिद गरेकोमा प्रायजसो गुनासो र कहिले काहीं आपत्ति प्रकट गर्दै आएको छ।

पूर्वसेनापति गौरवसमशेर जवराको पालामा नेपाली सेनाले इजरायलबाट अत्याधुनिक मानिएको गलिल हतियार खरिद गरेको थियो भने पूर्वसेनापति राजेन्द्र क्षेत्रीको कार्यकालमा नेपाली सेनाले इजरायलबाटै अति आधुनिक हतियार टेवोर खरिद गरेको थियो । त्यसपछि अमेरिकाबाट पनि एम १६ हतियार नेपाली सेनाले खरिद गरेको छ।

तर, भारत सरकार र भारतीय सेनाले भने सैनिक कुटनीति र अन्य माध्यमबाट पनि नेपाललाई अरु मुलुकबाट हतियार नकिन्न र चाहिएको हतियार भारतीय सेनाले नै दिनसक्ने भन्दै आएको अवस्था छ।

त्यसैगरी उत्तरी छिमेकी मुलुक चीनको सेनासँग नेपाली सेनाले ज्वाइन्ट मिलिटरी एक्सरसाइज नेपालमै गराउने गरेको कुराप्रति पनि भारतीय सेनाले विभिन्न माध्यमबाट असन्तुष्टि प्रकट गर्दै आएको छ।

भारतको सत्ता पक्ष नेपाली राजनीतिक दल र नेताहरुले नेपालमा भारतविरोधी भावना बढ्ने गरी भारतको विरोध नगरुन् भन्ने चाहान्छन् र त्यसो गर्ने नेताहरुलाई नेपाली सेनाले दुईपक्षीय सम्बन्धमा आघात पर्ने कारण देखाएर सचेत गराओस् भन्ने भारतीय चाहना रहने गरेको छ।

नेपाल सरकारसँग सम्बन्ध जटिल बनेको बेला नेपाली सेना र भारतीय सेनाका बीच सम्बाद अघि बढाएर राजनीतिक तहलाई दवाव दिने र दुईदेशका बीचको जटिलतालाई सरलीकृत गर्ने कार्य पनि हुँदै आएको छ।

पछिल्लो उदाहरणका रुपमा सन् २०१५ को भारतीय नाकावन्दीका बेला नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सैन्य कुटनीतिका माध्यमबाट भारतीय सेनासँग समन्वय गरी नाकाबन्दी हटाउन उल्लेख्य भूमिका खेलेका थिए।

त्यसैगरी भारतीय सेनापति मनोजमुकुन्द नरभणेले नेपालविरुद्ध अभिव्यक्ति दिँदै नेपाललाई चीनले प्रयोग गरेको आरोप लगाएर दुई देश र सेनाका बीच सम्बन्धमा दरार आएका बेला हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले सैन्य कुटनीतिकै माध्यमबाट भारतीय सेनापतिलाई आफ्नो नेपालविरोधी भनाइ आफैंले सच्याउनु पर्ने अवस्था सिर्जना गराएका थिए। नरभणेले देहरादुनको एउटा कार्यक्रममा बोल्दै नेपालप्रति सद्भावपूर्ण कुरा बोलेर पुरानो भुल सच्याउनु परेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved