रानाथारू जनजातिमा सूचीकृत भएपछि कैलाली, कञ्चनपुरमा खुसियाली

  • माघ २४, २०७६
  • कालापानी मिडिया
alt

कैलाली । सरकारले रानाथारू समुदायलाई अलग्गै आदिवासी जनजातिका रूपमा सूचीकृत गर्ने निर्णय गरेपछि कैलाली र कञ्चनपुरमा खुसियाली छाएको छ। यही माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेपछि रानाथारुको बसोबास रहेको कैलाली र कञ्चनपुरमा खुसियाली छाएको हो।

राना थारू समुदायको माग र विज्ञको सुझावका आधारमा उनीहरुलाई अलग पहिचान दिइएको हो। त्यो निर्णयसंगै दुई दशक लामो सङ्घर्षपछि राना थारूहरुले अलग्गै आदिवासी जनजातिका रूपमा पहिचान पाएका छन्।

सुचिकृतपछि धनगढीमा दिपावली कार्यक्रमको समेत आयोजना गरिएको थियो। सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले बर्षौ अगाडीदेखि संघर्षपछि सफलता मिलेको बताए। उनले रानाथारू समुदायलाई अलग्गै पहिचान दिएकोमा वर्तमान सरकारलाई धन्यवाद समेत ज्ञापन गरे।

विसं २०६४ मा डा ओम गुरुङको संयोजकत्वमा गठित आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले रानाथारूसहित १० जातिको अध्ययन गरी सूची परिमार्जनका लागि सुझाव दिएको थियो।

सरकार र सो समाजबीच २०६९ जेठ १४ मा भएको आठ बुँदे सहमतिको पहिलो बुँदामा रानाथारूलाई आदिवासी जनजातिमा अविलम्ब सूचीकृत गर्ने उल्लेख थियो। विसं २०५६ मा तत्कालीन सरकारले आदिवासी जनजाति सूचीकृत गर्दा आफूहरु छुटेको भन्दै रानाथारु समुदाय निरन्तर आन्दोलित थियो।

कैलाली र कञ्चनपुरमा गरी साढे तीन लाख रानाथारूको बसोबास छ। हालसम्म सो समुदायलाई थारू जनजातिको समग्र पहिचानमा समावेश गरिएको थियो। विसं २०६८ को राष्ट्रिय जनगणनामा रानाथारूसहित गणना गर्दा हाल थारू समुदाय कूल १७ लाख ३७ हजार ४७० ९जनसङ्ख्याको ६ दशमलव ६ प्रतिशत० मानिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved