नेकपा अब जनताको सुझाव बुझ्न गाउँ—गाउँमा जाने -नेता गुप्ता

  • माघ २६, २०७६
  • कालापानी मिडिया
alt


आरोहहण शाह
२६ माघ,वीरगञ्ज । संविधाना सभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टीको नेता राजकुमार गुप्ताले सत्तासिन पार्टी नेकपा अब जनताको सुझाव बुझ्न गाउँ—गाउँमा जाने बताएका छन् ।

पोखरीयामा हिजो भएको अगुवा कार्यकर्ताहरुको साक्षात्कारको क्रममा उनले नेकपाको नेतृत्वमा बनेको वर्तमान सरकारबाट जनताले निकै ठूलो आशा गरेको धारणा राख्दै अब बिस्तारै जन अपेक्षा पुरा गर्न पार्टी नेता—कार्यकर्ता तथा सर्वसाधारणको पनि जीवनस्तर सुधार्ने सवालमा लाग्नुपर्ने धारणा राखे । नेता गुप्ताले पोखरिया नगर कमिटीका अध्यक्ष तथा संविधान सभाका सदस्य प्रद्युम्न चौहान, नेता पन्नालाल प्रसाद, जोगानन्द प्रसाद, सन्तोष प्रसाद, नगरकमिटीका सदस्यहरु र अन्य अगूवा कार्यकताहरुको समेत सहभागिता रहेको थियो ।उनले पार्टी कमिटीको नियमित बैठकको आयोजना गरि पोखरिया नगरको समग्र बिकासको योजना अघि बढाउनुपर्ने आवश्यक्ता औल्याए। उनले सडक, नाला, बत्ति, सरसफाई, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषी र रोजगारीको क्षेत्रमा पनि पार्टीले योजना अगाडि सार्नुपर्ने बताए ।

85147814_2435879163394484_4423358630280036352_n

नेता गुप्ताले महिला, बालबालिका, बृद्ध, बृद्धाको क्षेत्रमा पनि नगरले बिनियोजन गरेको बजेट सदुपयोग भए नभएको बारेमा पनि ध्यान दिनुपर्ने धारणा राखेका थिए । अव क्षेत्र नम्बर ३ को समग्र बिकासमा पार्टी पंक्ती लाग्नुपर्ने बताउनुहुंदे उनले नियमित कमिटका बैठक, भेला, प्रशिक्षणका कार्यक्रम समेत संचालन गर्ने योजना पार्टीले अघि बढाइरहेको बताए । पार्टीलाई गतिशील बनाउने योजना निर्माण गरी कार्यन्वयनमा जाने र जनताको आवश्यकता पुरा गर्न सरकारका निकायको ध्यानाकर्षण गराउने समेत नेता गुप्ताले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved