गच्छदारमाथि पुर्वग्राही ढंगले भ्रष्टाचारको मुद्दा लगाइयोः सभापति देउवा

  • माघ २६, २०७६
  • कालापानी मिडिया
alt

रामचन्द्र विक
रामेछाप । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी उपसभापति बिजय कुमार गच्छदारमाथि पुर्वग्राही ढंगले भ्रष्टाचारको मुद्दा लगाइएको आरोप लगाएका छन् ।

शेर बहादुर तामाङ स्मृति प्रतिष्ठान रामेछापले शनिबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको शववहान तथा एम्बुलेन्स हस्तान्तरण समारोहमा बोल्दै देउवाले अरु सबै उम्कने तर एकजना माथि मात्रै भ्रष्टचारको मुद्दा चलाउँनु सरकारको गलत नियत भएको बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले जनताले तिरेको करबाट तलब खाएर कुनै एक पार्टीको मात्रै काम नगर्न अख्तियारका कर्मचारीलाई आग्रह गरेका छन् । उनले पार्टीका उपानेता गच्छदार माथि षड्यन्त्रपूर्ण र अन्यान्यपूर्ण तरवले चलाइएको मुद्दा तत्काल फिर्ता लिन केप ओली नेतृत्वको सरकारलाई आग्रह समेत गरेका छन् । गच्छदारमाथी लगाएको मुद्दा फिर्ता नगरे काग्रेसले आन्दोलन गर्ने चेतावनी समेत देउवाले दिए ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र सरकारी जग्गाको लालपुर्जा बोक्ने नेकपा महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर कांग्रेस नेता गच्छदारमाथि मात्रै मुद्दा लगाउँनु कांग्रेसका लागि मान्य नहँुने बताएका छन् । तत्कालिन प्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रीमण्डले नितिगत निर्णय गर्ने र नेकपा महासचिव पौडेलको सिरानीमुनी छोराको नाममा सरकारी जग्गाको लापुर्जा भेटीने तर भ्रष्टचनर मुद्दा चाहि गच्छदारलाई मात्रै लगाउँनुमा अहिलेको सरकारको नियत गलत भएको उनको भनाई छ ।

शेर बहादुर तामाङ स्मृति प्रतिष्ठानका सदस्य एवं काँग्रेस नेता पूर्ण बहादुर तामाङ कान्छारामले रामेछापमा पटक–पटक गरी १३ ओटा एम्बुलेन्स र एउटा सवबहान आफ्नो व्यक्तिगत खर्चमा वितरण गरीसकेका छन् । नेपाली काग्रेसबाट प्रतिनिधिसभाको उम्मेद्धार बनेका नेता तामाङले आफू पराजित भए पनि चुनावी अभियानमा गाउँमा जादाँ बोलेका बाचा पूरा गर्दै गएको र आगामी दिनमा पनि जिल्लामा आपत्त पर्दा सहयोग गर्ने उनले बताए । समाजसेवी तामाङले मन्थली नगरपालिकालाई एउटा सवबहान, दोरम्बाको लखनपुर थापाडाडा, गागल–पिङ्खुरी–पुरानागाउँ–चनखु, गोकुलगंगाको फर्पु र मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पताललाई एक–एक ओटा एम्बुलेन्स दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved