जुनसुकै तहको होस दोषीलार्य छोडिन्न -प्रधानमन्त्री ओली

  • फागुन ३, २०७६
  • कालापानी मिडिया
alt

्काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ललिता निवास जग्गा हिनमिना प्रकरणमा दोषी जुनसुकै तहको भए पनि कारबाही हुने बताउनुभएको छ ।

‘आरोपीहरु अदालतबाट फैसला नभएसम्म दोषी हुन्नन्’ प्रधानमन्त्रीले शनिबार प्रतिनिधिसभामा भन्नुभयो, ‘ललिता निवास जग्गा हिनामिना प्रकरण छानविनको लागि मैले नै छानविन समिति बनाए । जग्गा र प्रधानमन्त्री निवास भएको हुनाले जग्गा प्रधानमन्त्रीले नै खाएको हो जस्तो गरी प्रचारवाची समेत गरियो, त्यसमा संलग्नहरुविरुद्ध अहिले मुद्दा चलेको छ । दुराचारी र दुराचार, भ्रष्टचारी र भ्रष्टचार सहन्न । दुराचारी र भ्रष्टचारीप्रति मुखमा पानी हालेर बस्दिन । मुलुकमा सुशासन कायम गर्न खोज्दा भ्रष्टाचार गर्नेहरु मुर्मुरिँदा रहेछन् । भ्रष्टचारी र दुराचारी जतिसुकै तह र जुनसुकै ओहोदाको होस् छोडिन्न ।’
प्रधानमन्त्रीले ललिता निवास प्रकरणलाई चिनियाँ लोककथासँग दाँज्नु भयो । चिनियाँ लोक कथा छ, ड्रगन सम्बन्धी’ उहाँले भन्नुभयो । ड्रगन असाध्यै मन पराउने एउटा व्यक्ति थियो । उसले सधै ड्रगन बनाइरहन्थ्यो, उसको भक्तिभाव देखेर एकदिन ड्रगन आँफै प्रकट भयो । ललिता निवास प्रकरणमा पनि त्यस्तै भएको छ । मुद्दा नचलुन्जेल सबैले खोइ त कारबाही रु भनेर औला ठड्याए । जब मुद्द चल्यो अनि रुवाबासी हुन थाल्यो ।’

प्रधानमन्त्रीले नेपाल ट्रष्टको जग्गा हिनामिना प्रकरण पनि ललिता निवास जस्तै छानविन र कारबाही हुने प्रतिवद्धता जाहेर गर्नुभयो । ‘नेपाल ट्रष्टको जग्गामा पनि समिति बनाएर छानविन हुन्छ’ उहाँले भन्नुभयो, ‘सुन तस्करीका लाइन बन्द गरिएको छ । जंगलमा लुकाइए र जमिनमुनि गाडिएका सुन पनि निकालेर कारबाही गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved