सुदूरपश्चिमको महोत्सवमा प्याराग्लाइडिङ मुख्य आकर्षण

  • फागुन ३, २०७६
  • कालापानी मिडिया
alt

डोटी । डोटी चेम्बर अफ कमर्सले जिल्लाको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवमा प्याराग्लाइडिङ मुख्य आकर्षण बनेको छ। ‘सेतीको हीरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने नारासाथ भम्रण वर्ष २०२० लाई सफल पार्न आयोजना गरिएको महोत्सवको अवलोकन गर्न आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रूपमा उक्त प्यारागलाइडिङ उडान रहेको छ।

दिपायलको खुल्लेक डाँडाबाट प्याराग्लाइडिङको उडान गरिन लागिएकाले हिजो÷आज दैनिक १० देखि १२ जनाले प्याराग्लाइडिङ उडान गर्ने गरेको चेम्बर अफ कमर्सका सचिव तेजबहादुर डुम्रेलले बताए। उनले भने, “प्याराग्लाइडिङबाट सेती नदीको मनोरम दृष्यावलोकन गर्नुका साथै पूरै दिपायल, राजपुरका मनोरमस्थल आकाशबाट खुलारूपमा देख्न सकिन्छ।”
प्याराग्लाइडिङ गर्न चेम्बरले पोखराबाट दुईवटा प्याराग्लाइडिङ र प्यारापाइलट झिकाएको छ। दिपायलमा पोखाराबाट मगाइएको बाबा योगी एड्भेन्चर क्लबले दैनिकरूपमा प्याराग्लाइडिङ उडान गरेको छ। प्यारापाइलट रोशन बिसी, नवीन बिसी र रमेशनाथ योगी छन्।

प्याराग्लाइडिङ उडान शुरु भएपछि उडान हेर्न आउनेको घुइँचो लाग्ने गरेको स्थानीय तेजु ओलीले बताए। उनले भने, “डोटीका लागि प्याराग्लाइडिङ नयाँ भएकाले अधिकांशको रोजाइ र हेराइ बनेको छ।” डोटी प्याराग्लाइडिङलाई उपयुक्त भएकाले कुनै समस्या नहुने प्यारापाइलट रमेशनाथ योगीले बताए। उनले भने “भौगोलिक बनावटदेखि प्याराग्लाइडिङका लागि चाहिने हावापानी मिलेकाले उडान गर्न राम्रो छ।”

उडानलाई नितरन्तरता दिन स्थानीय तह अग्रसर हुनुपर्ने स्थानीय व्यापारी रामबहादुर विष्टले बताए। उनले भने, “चेम्बरले प्याराग्लाइडिङको शुरुआत गरेपनि यसको निरन्तरताका लागि स्थानीय तहले अग्रसरता देखाउनुपर्छ।” जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले डोटीका पर्यटकीयस्थलको अवलोकन गर्नका लागि प्याराग्लाइडिङ सजिलो माध्यम बन्ने छ, यसको निरन्तरता दिन सक्नुपर्ने र दिनुर्ने बताए।

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले डोटीमा व्यावसायिक प्याराग्लाइडिङ उडान शुरू गर्नका लागि नगरपालिकाको तर्फबाट विषेश गरिने बताए। अन्य स्थानीयतहमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा प्याराग्लाइडिङ गर्न परीक्षण उडानलाई पहल गरिने नगरप्रमुख मलासीले जानकारी दिए।

साहसिक खेलकारूपमा प्याराग्लाइडिङ उडानले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुनुका साथै यहाँका पर्यटकीय, धार्मिकस्थलको देश विदेशमा प्रचारप्रसार गर्न सकिने काँग्रेस नेता तथा पूर्व दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख घनश्याम पाठकले बताए। (विमल विष्टररासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved