अवैध कार्यमा संलग्न ५७ जना प्रहरी हिरासतमा

  • फागुन ४, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । अवैध कार्यमा संलग्न ५७ जनालाई प्रहरीले काठमाडौंको गोंगबु नयाँ बसपार्कक्षेत्रबाट नियन्त्रणमा लिएको छ। नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत सञ्चालित स्विप अपरेसनका क्रममा गएराति ५७ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ।

पक्राउ पर्नेमा सनकाजी दर्जी, विनोद भट्टराई, विष्णु थापा, नरेन्द्र पोमु, अशोक पोमु, कमल काराखेती, सोमबहादुर तामाङल लगायत छन्। नियन्त्रणमा रहेका सानुकाजी जबरजस्ती करणीका फरार अभियुक्त हुन्। पक्राउ परेका ५७ जनालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको वृत्तका डीएसपी उमेश लम्सालले बताए।

अपरेसनका क्रममा प्रहरीले १ सय लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरेको छ। गोंगबु नयाँ बसपार्क क्षेत्रभित्र हुने अनाधिकृत कार्य रोक्न प्रहरीले पछिल्लो पटक शुद्धीकरण अभियान चलाएको छ। जसअन्तर्गत यसअघि दर्जनौं पक्राउ परिसकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved