देशैभरका किसानबाट ६५ करोड ठग्ने युवक कैलाली कारागार चलान

  • फागुन ५, २०७६
  • कालापानी मिडिया
alt

कैलाली । एसोसिएसन अफ एग्रीकल्चर नाम संस्था खोलेर देशैभरीका किसानबाट करोडौँ ठगी गर्ने युवक जिल्ला कारागार कैलाली चलान भएका छन्। एसोसिएसन अफ एग्रीकल्चर संस्थाको अध्यक्ष भन्दै सुदूरपश्चिम सहितका जिल्लामा शाखा विस्तार गरी किसान र कर्मचारीबाट रकम संकलन गरी ठग्ने कञ्चनपुरका ३१ वर्षीय गणेश भट्ट कारागार चलान भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैंलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले आईतबार भएको थुनछेक बहसपछि भट्ट पुर्पक्षका लागि कारागार चलान भएको दिनेश खबरलाई जानकारी दिए। भट्टले देशका विभिन्न जिल्लामा शाखा विस्तार गर्दै किसान र कर्मचारीहरुबाट करोडौँ रकम असुलेको भन्दै पक्राउ परेका भट्टमाथि प्रहरीले ठगी मुद्दा चलाएको थियो।

उनले विभिन्न जिल्लामा शाखा विस्तार गर्दै कर्मचारीबाट डेढ लाखदेखि दुई लाख ५० हजार सम्म धरौटी लिएर जागिर दिने गरेका थिए। उनले कृषक समूह बनाएर फेरी थप रकम असुल्न निर्देशन दिने गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

चार प्रदेशका पहाडी भ ...

​काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ। यसक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved