ओली सरकार नेपालको शिक्षा क्षेत्रलाई तहसनहस गर्न उद्धतः नेता महर

  • फागुन ५, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले वर्तमान सरकार नेपालको शिक्षा क्षेत्रलाई तहसनहस गर्न उद्धत रहेको बताएका छन् । राजधानीको नयाँ बानेश्वरमा आयोजित शिक्षा क्षेत्रका चुनौतीहरु र समाधान बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दैं नेविसंघका पूर्व अध्यक्ष समेत रहेका नेता महरले ठूलो लगानी र मिहिनेतका साथ तयार पारिएको उच्च स्तरिय शिक्षा आयोगको प्रतिवेदन शैक्षिक माफियाहरुको दबाबमा परेर १ बर्ष बितिसक्दा समेत दराजमा थन्काएर राखेको र सार्वजनिक नगरेको भन्दैं आक्रोश पोखेका हुन्।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले संविधानको प्रतिकुल हुनेगरी शिक्षा नीति ल्याएको जसका कारण शैक्षिक वातावरण समेत विथोलिएको नेता महरको भनाई छ । उनले भने विश्वविद्यालयहरुमा व्यापक राजनीतिकरण र भागबण्डा गरेर संस्कृत, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सूदुरपश्चिमाञ्चल, पोखरा र कृषि तथा वनविज्ञान विश्वविद्यालय र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि नेतृत्वविहिन भएको छ ।

वर्तमान नेकपा सरकारले कुुरा समाजवादका गर्ने तर कामले अवसरवाद उन्मुख भएको भन्दैं नेता महरले आक्रोश पोखे । वर्तमान सरकार हरेक मोर्चामा असफल रहेको भन्दैं काण्डैकाण्डमा तल्लीन समेत रहेको नेता महरको आरोप छ । शिक्षा र स्वास्थ्यमा जनताका छोराछोरीको समान पहुँच पुर्‍याउन शिक्षा र स्वास्थ्य राज्यको नियन्त्रणमा ल्याउनुको विकल्प नरहेको युवा नेता महरले बताए ।

सरकारको आफ्ना मान्छेलाई पोस्ने रबैयाका कारण विश्वविद्यालय निमित्तको भरमा चलिरहेका छन्। निमित्तको भरमा सञ्चालित सबै विश्वविद्यालयको आर्थिक, शैक्षिक तथा प्रशासनिक गतिविधि सुस्त बनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved