चन्दनचौकी फुलवारी चौमला सडकको निर्माण कार्य रोकियो

  • फागुन ८, २०७६
  • कालापानी मिडिया
alt

कृत विष्ट
धनगढी। कैलालीमा निर्माणधिन चन्दनचौकी फुलवारी चौमला सडकको निर्माण कार्य रोकिएको छ।धनगढी उपमहानगरपालिका वडा नम्बर –१४ स्थित जनकल्याण सामुदायिक वन क्षेत्रमा सडकको निर्माण कार्य रोकीएको हो ।

86860243_637005257113275_3789091316139294720_n
वातावरण प्रभाव मुल्याङ्कन नै नगरी वन बिनाश गर्ने गरी खडक निर्माण गरेको भन्दै सब–डिभिजन वन कार्यलय फुलवारीले निर्माण कार्य रोकेको हो । निमय बिपरित काम गर्ने निर्माण कम्पनीलाई सामुदायिक वनको नियम अनुसार कारवाही गर्न स्थानिय जनकाल्याण सामुदायिक वन उपभोक्ता समुहलाई जिम्मा दिईएको सब डिभिजन वन कार्यलय फुलवारीका अधिकृत निरन्जन कडेलले जानकारी दिएका छन् । निर्माण कम्पनीले अटेर गरे वन ऐन अनुसार कारवाही गरिने कडेलको भनाई छ ।

87172930_221573362346338_8485717038763868160_n

स्थानिय उपभोक्तहरुले भने विकास निर्माण कार्य रोक्न नहुने बताएका छन् । सडक क्षेत्रमा पर्ने रुखहरुको ब्यबस्थापन छिटो गरेर निर्माण कार्यलाई अगाडी बढाउने पर्ने स्थानिय लक्ष्मण फुलाराले बताए । चौध किलो मिटर लम्वाई रहेको चन्दनचौकी फुलवारी चौमला सडक निर्माणको कार्य नागार्जन कन्ट्रक्र्सन प्रालीले गर्दै अएको छ । सो सडक अन्तरगत करिब २ किलो मिटर जती सामुदायिक वन क्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved