महोत्तरीको जलेश्वरमा कलश यात्रा

  • फागुन ८, २०७६
  • कालापानी मिडिया
alt

दिपक पाण्डे

महोत्तरी । शुक्रबार हुन लागेको महाशिवरात्रीको पुर्व सन्ध्या अर्थात बिहिबार जलेश्वरमा नगरपरिक्रमा गर्दै कलश शोभा यात्रा निकालिएको छ । 

IMG_6355

परापुर्वकाल देखि जलेश्वरनाथ महादेव मन्दिरमा शिवरात्रीको मेला लाग्ने गरेको र लाखौको संख्यामा श्रद्धालुभक्तजनहरु दर्शन गर्न आउने गरेकोमा विगत केहि वर्ष देखि विशेष रुपमा शिवरात्री मनाउन शोभायात्रा निकालिने गरिएको छ । विश्वमै एममात्र जलगुफा भित्र शिवलिंग विराजमान रहेको र यस शिवलिंगको दर्शनले मोक्षको प्राप्ती हुने जनविश्वासका कारण हरेक वर्ष लाखौ श्रद्धालु शिवरात्रीका दिन शिवलिंगको दर्शन गर्ने गरेका छन ।

IMG_1247

पछिल्ला बर्ष झैँ यस वर्ष पनि दर्शनार्थीको संख्या लाख कट्ने शिवरात्री पुजा व्यवस्थापन समितिले जनाएको छ । शिवरात्रीकै लागि साजसज्जा तथा लाईन लगाउने देखि अन्य व्यवस्थापन तथा सुरक्षा लगायतको तयारी पुरा भैसकेको जनाईएको छ । यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख श्याम कृष्ण अधिकारी समेत मेलामा सुरक्षालाई विशेष प्राथमिकता दिइएको र सादा पोशाकमै समेत प्रहरी परिचालन हुने बताए ।

IMG_6415
जलेश्वरनाथ महादेव जलभित्र विराजमान रहेका र उक्त जल कुनै पनि मेसिनरी सामानले निकाल्न नमिल्ने भएकोले नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी तथा नागरिक समाजले समेत गुफा भित्रको जल बाल्टीले नै निकालेर शिवलिंगको दर्शन सर्वसाधारणलाई गराउने गरेका छन । दर्शनार्थीले आजै मध्यरात देखि शिवलिंगको दर्शन गर्न सक्ने छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved