अहिलेको सरकार भन्दा राजा महेन्द्र राम्रो - उपेन्द्र यादव

  • फागुन ११, २०७६
  • कालापानी मिडिया
alt

गुलाम अली

११ फागुन,कपिलबस्तु । संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपाले मुलुकमा लुट र चरम भाष्टचार ल्याएको आरोप लगाएका छन् । कपिलबस्तु मायादेबी गाँउपालिका १ पकडी राखीमा गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेकपाले दुई तिहाइको सरकारको आडमा चरम भ्रटाचार गरिरहेको आरोप लगाएका हुन् ।

उनले अहिलेको सरकार भन्दा राजा महेन्द्र जनताका लागि राम्रो भएको धारणा राखे । उनले भने, स्वर्गिय  राजा महेन्द्रले भूमि सुधार ऐन ल्याएर गरिबहरुलाई आफनो हकअधिकार दिलाएका थिए तर, अहिलेको सरकारले वाइड बडी कण्ड, यति काण्ड, भ्रष्टाचार गर्ने काम मात्रै गरेको छ, उनले अगाडी थपे यस्ता भ्रष्ट कम्युनिष्टहरुले महेन्द्रको आलोचना गर्न सुहाउदैन । उनले संबिधानमा धेरै त्रुटि भएको भन्दै त्यसलाई सुधार गर्न नसकिए यो संबिधानको औचित्य नरहेको जिकिर समेत गरे ।

कार्यक्रममा स्वतन्त्र चुनाव जितेका कपिलबस्तुको शुद्धोधन गाँउपालिका अध्यक्ष निसार अहमद खाँ , नेपाल जनता पार्टी जिल्ला अध्यक्ष सुनिलकुमार पान्डेय , कासीनाथ पाठक  , पे्रम नाथ तिवारी , मनोज यादव वडा अध्यक्ष लगायतले समाजवादी पार्टीमा प्रवेश गरका छन्  । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved