रौतहटमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर ,४ असई सहित ६ जना प्रहरी घाइते

  • फागुन ११, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह,
रौतहट । पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते भएका छन् । घाइते हुने मध्ये ४ जना नेपाल प्रहरीका असई छन् ।

20200223091604_IMG_3582

बाराको पथलैयामा नेपाल प्रहरीका संगठन प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञावालीको कार्यक्रममा सहभागी हुनको लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट पथलैयातर्फ जादै गरेको ना १ झ १३३१ नम्बरको भ्यानलाई बिपरित दिशाबाट आउदै गरेको ना६ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

20200223093333_IMG_3593

आज बिहान आइजिपी ज्ञावालीको ब्रिफिङको लागि सीमा प्रहरी चौकी मठियामा कार्यरत असइ गोबिन्द यादव, गौर बसपार्कमा कार्यरत असइ मनोज सिह, औरैयामा कार्यरत असइ बिश्वनाथ प्रसाद यादव, बेलबिछवामा कार्यरत असइ हृदय प्रसाद यादव र भ्यान चालक जवान सरोज यादव घाइते भएका छन् ।

20200223091623_IMG_3586

घाइते मध्ये असइ गोबिन्द र मनोजको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घाइतेहरुको उपचार चन्दनिगाहपुर अस्पतालमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved