बन्द कारखानाकालागि सरकारबाटै वर्षेनी ६० लाख रकम

  • फागुन १२, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह
पर्सा । विरगञ्जमा विगत १७ वर्ष देखि बन्द रहेको बिरगंञ्ज चिनी कारखाना र कृषि औजार कारखानाको सबै फाइल बन्द भइसक्दा पनि केहि कर्मचारीहरुको फाइल र बैंक खाता भने अझै संचालनमा छ । उति मात्रै होइन बन्द भएको कारखानामा सरकारले वर्षेनी ६० लाख रकम दिदै आएको छ ।

pp

बिरगञ्ज चिनिकारखाना बन्द भएको १७ वर्ष भयो । तर पनि सरकारले कारखानाका नाममा वर्षेनी ६० लाख रकम पठाउदै गरेको पाईएको हो । वि.स. २०१९ सालमा पूर्ण रुपमा सरकारी स्वामित्वमा स्थापित कारखाना वि.स.२०५९ साल चैत ७ गते निजीकरण ऐन अन्तर्गत कारखाना खारेजीको सुचना टाँस गरे पछि बन्द भएको थियो ।

sp

नेपाल सरकार अर्थ मन्त्रालयबाट कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साबाट १ जना प्रशासकीय प्रमुख र १५ जना सुरक्षाकर्मी तथा कृषि औजार कारखानाको सुरक्षामा ५ जना गरि २१ जना कागजी कर्मचारीहरुले १७ वर्ष देखि सुरक्षा दिए वापत वर्षेनी ६० लाख रकम सरकारले दिदै आएकोे कोलेनिका पर्साको भनाई छ ।

dfd

चिनी कारखानामा कार्यरत कर्मचारीहरु मध्ये ७ सय ३९ जनाले अवकास लिइसकेको भएपनि १ सय ८५ जनाले अहिले पनि संघर्ष गर्दै आएका छन । चिनी कारखानाको भवनलाइ अहिले उच्च अदालत अस्थाई इजलास जनकपुर र कृषि औजार कारखानामा शसस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ । उद्योगमा रहेका औजार र मेसिनको रेखदेख गर्न १ जना पनि प्राविधक ज्ञान भएको जनशक्ति खटाइएको छैन तर बाहिरी सुरक्षा गर्न १५ जना सुरक्षा गार्ड राखिएको छ ।

sdbv

अहिलेसम्मको कारखाना भित्र रहेका मेसिनको अवस्था हेर्ने हो भने र केही मर्मतसम्भार गर्न सके कारखाना भित्र रहेका ७० प्रतिशत मेसिनको अवस्था राम्रै छ । कारखाना भित्र रहेकामध्ये वोवाइलर्स नामका ४ थान तथा २ थान टर्वाइन र अन्य विभिन्न क्षमताका मेसिनको अवस्था राम्रो छ । मेसिनको सफाई गर्न कम्तीमा १ जना मात्र प्राविधक ज्ञान भएको कर्मचारी भए पनि उनि कारखाना आएका छैनन् ।

saad

लामो समयदेखि बन्द रहेको कारखानाका भौतिक संरचना पनि दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् । सम्बन्धित निकायले समयमा चासो नदिँदा करोडौंको उद्योग धारासायी हुदैछ । कारखानामा १५ जना सुरक्षाकर्मी हुने ठाउँमा एक जना मात्र पनि प्राविधिक राखेर बेला बेलामा मेसिनको रेखदेख गर्ने तथा सफाई गर्ने व्यवस्था मिलाउन सके मेसिनमा हुने क्षति तथा आर्थिक भार कम गर्न सकिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved