सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद घुस प्रकरणमा ओलीको पनि संलग्नता -रामचन्द्र पौडेल

  • फागुन १३, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद घुस प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा मात्रै संलग्न नभएको भन्दै यसको लहरो टाढैसम्म गएको बताएका छन्।

सोमबार पार्टीको १४ औं महाधिवेशनका लागि चुनावी रणनीति बनाउन अनामनगरमा खोलेको सम्पर्क कार्यालयमा पत्रकारहरुसँगको भेटघाटमा पौडेलले ७० करोड रुपैयाँ घुस प्रकरणमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नै संलग्न भएको हुन सक्ने आशंका व्यक्त गरे ।

उनले भने, ‘अहिले जुन कमिसन प्रकरण बाहिर आएको छ त्यसमा एउटा व्यक्तिमात्रै संलग्न छैन । ‘त्यति ठूलो रकमको बार्गेनिङमा माथिल्लो नेतृत्व संलग्न छ।’ उनले सरकार र नेकपा नै संस्थागत भ्रष्टाचारलाई प्रश्रय दिन लागिपरेको बताए । रामचन्द्र पौडेलले सरकार एकपछि अर्को विवादित काण्डमा जाकिँदै गएको र संस्थागत भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाए ।

पौडेलले नेपाल ट्रष्टको सम्पत्ति यती समूहलाई दिएर ओली सरकारले कमिसन असुल्ने काम गरिरहेको भन्दै संस्थागत भ्रष्टाचार गरेर पैसा जम्मा गर्ने र सत्ता बलियो बनाउने काम भइरहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved