जन्मदिनको केक देखी गोकुल वास्कोटा सम्मलाई भिम रावलको झटारो

  • फागुन १३, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली दिनानुदिन केही न केही विवादम फस्दै आएका छन् । गलत संगतमा परी देश हाँकिरहेका उनलाई यती होल्डिङ्सलाई देश बिगार्ने लाइसेन्स दिएको आरोप छ । त्यही यतीले फेरि ओलीको तनावलाई थप बढाइदिएको छ ।

यतीले ल्याइदिएको देशको नक्सा सम्मिलित केक काटेर ओली अहिले जताततै आलोचनाको पात्र बनेका छन् ।उक्त क्रममा नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले ओलीले जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा पुगेर जन्मोत्सवमा काटिएको केकका विषयमा आलोचना गरेका छन् ।

रावलले देशमाथि मनपरी गर्न नहुने आशयको प्रतिक्रिया दिँदै प्रधानमन्त्रीको त्यस्तो कार्यप्रति पूर्ण असहमति प्रकट गरेका छन् । केक काठमाडौंबाट हेलिकोप्टर चार्टर्ड गरेर यती समूहले लगेको थियो ।

नेता रावलले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै केक काट्ने नेपाली संस्कृति होइन र यस्तै समृद्धिका लागि विदेशीसँग हात पसारिरहेका बेला ठूलो रकम जन्म दिनमा खर्च गर्नु पनि ठीक होइन भनेका छन् ।

नेता रावलले पार्टीको निर्णयअनुसार बनेको आचार संहिता मान्ने हो भने त यस्तो तामझामका साथ जन्मदिन मनाउनै नहुने भनेका छन् ।

यस्तो उनको ट्वीट–‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना ! यो मनन गर्नु भने उचित हुन्छ–केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ ‘समृध्दि’ का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन, पार्टी निर्णयले झनै मिल्दैन ।’

रावलले निवर्तमान संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बचाउन ओलीले देखाएको प्रवृत्तिको पनि आलोचना गरेका छन् ।

उनले लेखेका छन्, ‘सुरक्षण मुद्रणालय भ्रष्टाचार प्रकरणको गहिराइमा गएर राज्य, सरकार र पार्टी सबै तहबाट भ्रष्टाचारी लाई कार्वाई गर्नु जनता, देश र नेकपाको हित र सुशासनका लागि अत्यावश्यक छ। कसैलाई ससानो मुद्धामा ठूलो प्रहार हुने र कसैलाई गम्भीर भ्रष्टाचारमा केही नहुने गल्ती कहींबाट पनि हुनुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved