संखुवासभामा फेरीपनि हिमपात

  • फागुन १३, २०७६
  • कालापानी मिडिया
alt

सङ्खुवासभा – चीनको सीमावर्ती किमाथाङ्का गाउँमा फेरि हिमपात भएको छ । सोमबार रातिदेखि फेरि हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ ।

सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि एक सय ६२ किलोमिटर टाढा रहेको किमाथाङ्का गाउँमा गएको मङ्सिर अन्तिम हप्तादेखि हिमपात सुरु भएको थियो । बर्सेनि किमाथाङ्का गाउँ र गाउँमाथिको छेसुम्बा गुम्बालगायतका डाँडामा झण्डै ६ महिनासम्म हिउँ पर्ने गर्छ ।

सङ्खुवासभाको धेरै ठाउँमा चिसो कम हुँदै गए पनि किमाथाङ्का नाका र तल गाउँसम्म अझै हिमापात भइरहेको सीमा सुरक्षा पोस्ट ९बीओपी० को सशस्त्र प्रहरीका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० देवराम राईले बताउनुभयो । उहाँको अनुसार यस क्षेत्रमा पटक–पटक हिमपात हुदाँ जनजीवन कष्टकर बनेको छ । घरबाट बाहिर निस्कन पनि मुश्किल रहेको उहाँले जानकारी दिनुभयो ।

केही समयअघि मात्रै सङ्खुवासभाको किमाथाङ्का नाकामा सीमा सुरक्षा पोस्ट स्थापना गरिएको हो । इन्स्पेक्टर राईको कमाण्डमा २६ जनाको सशस्त्र टोली राखिएको छ । चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका कोरोना भाइरसको कारण चीन सरकारले पूर्णरुपमा बन्द गरेको छ । नाका बन्दका कारण आवातजावात ठप्प छ ।

सङ्खुवासभाको दक्षिणी भेगमा टुटेदेउराली, गुफापोखरी, चौकी, मङ्गलबारे लगायतका टीमएमजे क्षेत्रमा भारी हिमपातका कारण जनजीवन प्रभावित भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved