पर्यटन प्रवधनबाट समृद्धि सम्भव मुख्य -मुख्यमन्त्री भट्ट

  • फागुन १४, २०७६
  • कालापानी मिडिया
alt

धनगढी । सुदूरपश्चिम साहित्य समाज धनगढीले तीन जना साहित्यकारको शालिक स्थापना गरेको छ। साहित्य समाजले धनगढीमा आदिकवि भानुभक्त आचार्य, नाटककार पहलमानसिंह स्वाँर र जयपृथ्वी मल्लको शालिक स्थापना गरेको हो।

शालिकको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज अनावरण गरे। समाजको आयोजनामा बुधबारदेखि शुरु हुने ‘विश्व नेपाली साहित्य महोत्सव २०७६’ को पूर्वसन्ध्यामा आयोजित शालिक अनावरण कार्यक्रममा मुख्यमन्त्री भट्टले संस्कृति, भाषा, साहित्य र पर्यटनलाई एक ठाउँमा राखेर प्रवद्र्धन गर्न सके प्रदेशको आर्थिक विकास सम्भव हुने बताए।

सुदूरपश्चिमको संस्कृति, रहनसहन र लबाइखवाइ अरुभन्दा फरक रहेकाले यहाँ संस्कृतिक पर्यटनको सम्भावना बढी रहेको मुख्यमन्त्री भट्टको भनाइ थियो। समाजका अध्यक्ष रामलाल जोशीले साहित्य समाजको प्राङ्गणमा शालिक बाटीका स्थापना गर्ने योजना रहेको बताए। आदिकविको शालिक साहित्य समाजले, नाटककार स्वाँरको शालिक उनको परिवारले र राजा मल्लको शालिक धनगढीका योगेन्द्र शाहीले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved